लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी,लीला पछाईं र रामबहादुर खनाललाई पनि ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका लामिछाने त्यस यता प्रहरी हिरासतमा रहेका छन् ।