रमेशको शब्दले आकाश र बिनालाई पिर पर्यो ? ( भिडियो सहित )

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , १ वर्ष अगाडि

काठमाडौं २७ पुष । रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत, समिक्षा अधिकारी र महेनद्र बिको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो साबैजनिक भएको छ । कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानल े मार्फत उक्त गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा नायक आकाश श्रेष्ठ र चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् । छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग, व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।

भिडियो – https://www.youtube.com/watch?v=qmBlcoo2jx0&t=26s