पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

ढोरपाटन । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको मंगलबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए ।विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला उहाँ राज्यमन्त्री भएका थिए। एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भए । हाल उनी कुनै पनि जिम्मेवारीमा रहेका थिएन । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताए।