काठमाण्डौलाई घोषणा गरियो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको जिल्ला

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्वास्थ्य , ७ महिना अगाडि

दिपक पुडासैनी
कठमाण्डौ, ३० असार । बागमति प्रदेशका माननिय स्वास्थमन्त्री किरण थापा मगरले काठमाण्डौ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको छ । जिल्ला खोप समन्वय समितीले आज आयोजना गरेको घोषण सभामा मन्त्री मगरले उक्त घोषण गर्नु भएको हो ।


स्थानिय श्रोतको उपयोग, स्वामित्व र सहभागिता,
पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता

भन्ने नारा सहित २०७४ देखि आरम्भ भएको खोप अभियान सफल भएपछी उक्त घोषणा गरिएको हो । अभियान सफल बनाउन स्थानिय जनप्रतिनिधी, स्वास्थकर्मी, तथा महिला स्वास्थ स्वयँसेवीकाको अथक प्रयास रहेको बताउँदै मन्त्री मगरले बागमति प्रदेशका १३ वटै जिल्लामा पूर्णखोप सुनिश्चितता भइसकेकोले अब प्रदेश सरकारले चाँडैनै बागमति प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गर्ने तयारी गरेको जानकारी गराए ।


पूर्णखोप सुनिश्चित भइसकेपछी यसको दिगोपनाका लागी प्रदेश सरकारले निति तथा कार्यक्रम बनाउन लागिपर्ने बताउँदै स्वास्थ मन्त्री मगरले सँघियता लागु भएपछी देशका हरेक क्षेत्रमा प्रदेशिक अस्पताल, पुल, बाटो, शिक्षा, तथा स्वास्थमा आमुल परिबर्तन भएको जिकिर गर्नुभयो । प्रदेश सरकारले महिलाको पाठेघरको उपचारमा सहयोग रकम बृद्धिगरी एकलाख पुर्याएको, महिला स्वास्थ स्वयँसेविकालाई १ सन्चार भत्ता दिने तयारी भएको जानकारी दिदै स्वयँसेविकालाई समुदायमा खटाउँदा थप भत्ताको ब्यबस्था गर्ने आश्वासन दिनुभयो ।


पूर्बमन्त्री एबँ वागमति प्रदेश सभाका सदस्य शैलेसमान बज्राचार्यले देशमा केहि हुँदैन भन्ने मानसिकताका बिच स्वास्थ क्षेत्रमा आएको यो उपलब्धिले केहि भइरहेको आभाष मिलेको बताए । साँसद बज्राचार्यले रोगमुक्त हुने खोप त मिल्यो अब देश भ्रष्टाचार मुक्त हुने खोजिमा छ भन्दै २०८४ मा यसको पनि शुरुवात हुने उद्घोष गर्नुभयो ।


जिल्ला समन्वय समितिका उप सँयोजक शान्ति पाण्डेले खोप सुनिश्चितता भएर मात्रै हुँदैन भन्दै यसलाई दिगो राख्न स्थानिय तहका हरेक वडालाई सक्रिय अनि स्वास्थ स्वयँसेविकालाई प्रोत्साहन दिनुपर्ने बताउनू भयो ।
घोषणा सभामा स्वागत मन्तब्य राख्दै जिल्ला खोप समन्वय समितिका सदस्य सचिब बसन्त अधिकारीले काठमाण्डौ जिल्लाले खोपबाट रोक्न सकिने रोगमा बिजय प्राप्त गरेको बताउँदै अब डेँगु रोग नियन्त्रणका लागी घरघरमा जनचेतना जगाउनू आबश्यक रहेको बताउनू भयो ।


नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सभापति श्याम डोटेलले केही खोप अभियानमा जिल्ला जनस्वास्थ सँग मिलेर काम गरेको अनुभब सुनाउँदै समाजमा खोपका बिषयमा केहि नकारात्मक भ्रम फैलिएको जानकारी गराउनू भयो । सरकारले यस्ता नकारात्मक प्रचारलाई निरुत्साहन गर्नु पर्ने भन्दै सभापति डोटेलले निःशुल्क खोप नराम्रो तथा पैसातिरे राम्रो भन्ने मानसिकता बाट माथि उठ्न आग्रह गर्नुभयो ।


घोषणा सभामा उत्कृष्ठ स्वास्थकर्मी, महिला स्वास्थ स्वयँसेविका, खोप फोकल पर्सन, पालिका जनस्वास्थ प्रमुख, बिश्व स्वास्थ सँगठनका प्रतिनिधी तथा स्थानिय निकायहरुलाई सम्मान, तथा मायाँको चिनो प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
घोषण सभालाई वागमति प्रदेशका स्वास्थ सचिब सुमित्रा गौतम, किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डँगोल, दछिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, नागार्जुन नगर पालिकाका कार्याबाहक नगर प्रमुख शुसिला अधिकारी, परिवार कल्याण महाशाखा प्रमुख बिबेकलाल कर्ण तथा जिल्ला जनस्वास्थ कार्यालयका बरिष्ठ जनश्वास्थ प्रशासक सतिश बिष्ट लगायतले सँबोधन गर्नु भएको थियो भने घोषणा सभाको सभापतित्व जिल्ला खोप समन्वय समितीका सँयोजक सन्तोष बुढाथोकीले गर्नु भएको थियो ।