काठमाण्डौ, ३ साउन । ‘राजनिति छलकपट गर्नको लागी मात्रै होइन, समाज र समुदायको सुधारको दायित्व पनि राजनैतिक नेतृत्वकै हुन्छ ।’ पूर्ब प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको भनाइ हो यो – सरोकार केन्द्रले शँकरापुरमा आयोजना गरेको शुभकामना आदान प्रदान एबँ अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै खनालले भन्नुभयो ‘पैसा बुझाएर पदमा पुगेकाहरुले सेवा गर्दैनन, पैसा नै कमाउने उपाय मात्रै खोजि गर्छन । स्वच्छ, इमान्दार, र निश्कलँक राष्ट सेवक भएमा मात्र देशमा भएको श्रोत साधनको सहि उपयोग गर्छ र देश सुन्दर बनाउँछ । सरोकार केन्द्रका सँरक्षक एबँ प्रमुख सल्लाहकार समेत रहेका खनालले अगाडी भन्नु भयो भिजिट भिषाका नाममा मानब बेचबिखन गर्नु गँभिर अपराध हो ।’

गाँस, बास, कपास, सजिब एबँ निर्जिबहरुको हक हितका लागी भन्दै प्रहरी, वकिल तथा पत्रकारहरु मिलेर २०८१ कार्तिकमा सरोकार केन्द्र स्थापना गरेको केन्द्रका महासचिब जीबन शर्माले बताउनू भयो । सरोकार केन्द्रले बैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नागरिकको उद्धार गर्ने । साइबर अपराध, सामाजिक सन्जालको दुरुपयोग, घरेलुहिँसा, मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण एबँ लागु औषधको दुब्र्यसन तथा अबैध ओसार पसार नियन्त्रणमा जनचेतना जगाउने । न्याएमा पहुँच नपुगेकाहरुलाई निःशुल्क कानूनी परामर्श एबँ बहस पैरबी गर्ने । लुकाइएका, दबाइएका घटनाका फाइल, कानून बिपरितका क्रियाकलापलाई खोज तथा अनुसन्धान गर्ने तथा पर्याबरण सँरक्षण, जैबिक बिबिधताको हक हितका लागी आवाज उठाउने उदेश्य लिएको पनि महासचिब शर्माले बताउनू भयो ।

हालसम्म केन्द्रले बैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ४ महिला सहित १३ जना नेपालीको निःशुल्क उद्धार गरिसकेको । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका ६ वटा बिधालय तथा बाँके जिल्लाको ३ वटा बिधालयमा साइबर अपराध, सामाजिक सन्जाल दुरुपयोग, मानब बेचबिखन तथा लागु औषधको दुब्र्यसन सँबन्धमा जनचेतना मुलक कार्यक्रम गरिसकेको । न्याएको पहुँच नपुगेकाहरुको २९ वटा मुद्धा दर्ता गरेको मध्धे ७ वटामा पिडितले न्याए पाइसकेको छन । साथै पर्याबरण सँरक्षण र जैबिक बिबिधताका क्षेत्रमा बृक्षारोपण लगायतको कार्यक्रम पनि गरिसकेको महासचिब शर्माले जानकारी गराउनू भयो ।

काठमाण्डौको सबैभन्दा पुरानो शहर साँखुमा बिबिध प्लेकार्ड सहित प्रभातफेरी सँम्पन्न गरी शुभकामना आदान प्रदान एबँ अन्तरक्रियाको औपचारीक कार्यक्रम भएको थियो । केन्द्रका अध्यक्ष गोबिन्द पन्थीको सभापतित्वमा भएको कार्यक्रममा बैदेशिक रोजगारमा गई समस्यामा परेका नेपालिको उद्धारमा सहजिकरण गरेबापत युवा ब्यबसायी एबँ खेलाडी ज्ञानेन्द्र गुरुङलाई सम्मान गरिएको थियो ।

सँस्थाका सचिब धर्मराज कार्कीले स्वागत गर्नु भएको कार्यक्रममा इतिहाँसबिद् प्रकाशमान सक्व, समाजसेवी निरन्जन पुडासैनी, शँकरापुर नगर पालिकाको उप मेयर सबिता श्रेष्ट, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अनिल शर्मा, नेपाली काँग्रेस शँकरापुरका सभापती दिलिप कुमार श्रेष्ट, नेपाली काँग्रेस बिपी का महामन्त्री देबेन्द्र प्रकाश पौडेल, नेकपा एमाले शँकरापुरका नगर अध्यक्ष हितमान तमाङ, शँकरापुरका निबर्तमान मेयर सुबर्ण श्रेष्ट, पाँचपोखरी थाँङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, नेकपा समाजबादीका केन्द्रिय सदस्य नितेष पौडेल लगायतले सँस्थाले उदेश्य अनुरुप कार्यगर्न सफलहोस भनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।


