निर्देशक सुब्बाको लिम्बु भाषाको गित ‘ए फुंङ्’ सार्बजनिक (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , ७ महिना अगाडि

काठमाडौं ३ साउन । लामो समय देखी अमेरिका बस्दै आउनू भएका सफल अनि बरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नो मौलिक कला, संस्कृतीलाई बिश्वव्यापी रुपमा अगाडी बढाउने क्रममा निर्देशन गर्नु भएको पछिल्लो लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ ।
गितमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ्ग र दिपा सुहाङ्गको मिठो स्वर संग्रहित छ । सुमन थाम्सुहाङग् र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको अभिनय रहेको छ ।
अमेरिकाको बिभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ्ग बिनय कंशाकारको छ ।

https://www.youtube.com/watch?v=B1Oxi_2v_lI