-दिपक पुडासैनी
काठमाण्डौ, ८ भदौ । बिगत आठबर्ष देखी हरेक महिनाको पहिलो शनिबार साहित्य, सृजना, कला, सँस्कृती र सँम्पदाको अध्ययनमा पैदल यात्रा गर्दै आएका स्रष्टाहरुले यस पटक डाँछी देखी फुँयाल गाउँ सम्मको यात्रा गरेका छन । स्वास्थ र सिर्जनाका लागी पदयात्रा नारा सहित बासुदेब पौडेलको सँयोजनमा पदयात्रा आरम्भ गरेको स्रष्टा पदयात्रा नेपालले आफ्नो ९७ औ मासिक पदयात्रा कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ४ को डाँछी चोकबाट शुरु गरि रचना बाचन, स्रष्टा सम्मान, तिज रमझम, बुबा सम्मान, स्थानिय जात्रा अबलोकन, साहित्यिक सँस्था उद्घाटन, पुस्तकालयलाई सम्मान तथा साहित्यकारको प्रोत्साहन हेतु अक्षयकोष घोषणा गर्दै कागेश्वरी पुस्ताकालय फुँयाल गाउँ आलापोटमा समापन भएको थियो ।

डाँछी स्थित पिकक रेष्टुँरेष्टको सभाहलमा पहिलो औपचारीक कार्यक्रम भएको थियो । पदयात्रा समाजका अध्यक्ष शितल गिरीको अध्यक्षतामा भएको पहिलो कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ट (धन) को प्रमुख आतिथ्यतामा भएको थियो । गितकार गोबिन्द कुँइकेललाइ बिशेष सम्मान गरिएको कार्यक्रममा समाजसेबी राम भँडेलले श्रष्टाहरुलाई स्वागत साथै डाँछी र यहाँको सँस्कृतीको बारेमा जानकारी गराएका थिए ।

सम्मानित श्रष्टा गोबिन्द कुइकेल
बिगत ३५ बर्ष देखी गित लेखन सक्रिय साहित्यकार गोबिन्द कुइकेल कागेश्वरी मनोहरा ४ डाँछीका स्थानिय बासिन्दा हुनुहुन्छ । १ सय ८० भन्दा बढी कालजयी गित रेकर्ड गराइसक्नु भएका उहाँका शब्दहरुलाई आनन्द कार्की, सुजाता बर्मा, दिप श्रेष्ट, रचना रिमाल, मिलन नेवार, स्वरुप राज आचार्य लगायतका बरिष्ठ गायकहरुले स्वर दिइ सक्नु भएको छ । खासै चर्चामा आउन मन नपराउने श्रष्टा कुइकेल नेपाल सरकारको नापी अधिकृतमा कार्यरत हुनुहुन्छ ।
स्थानिय दिपक प्रसाद अधिकारीले डाँछीको ऐतिहाँसिक महत्व र चिनारी प्रस्तुत गरेको कार्यक्रमलाई प्रमुख अतिथी श्रेष्टले स्रष्टाहरुलाई आफ्नो वडामा स्वागत गर्न पाएकोमा खुसी ब्यक्त गर्दै यहाँको जात्रा परम्पराको बारेमा जानकारी गराएका थिए ।

डाँछीमा स्थानिय स्रष्टाहरु कमला थापा, प्रकाश मिजार लगायत पदयात्राका स्रष्टाहरु शीतल गिरी, मन्दिरा मधुश्री, घनश्याम प्रसाई, एनबी जनकपुरी, वीमल अर्याल, संजय सोती, खुश्बू रिजाल, आल्फिफोहेन फाक्लुप्पा, तथा प्रतीक घिमिरे ले आ आफ्ना रचना बाचन गरेका थिए । भवानी स्मृती प्रतिष्ठानका बसुदेब पौडेलले सन्चालन गरेको कार्यक्रममा पहिलो रचना बाचन कार्यक्रमको सँयोजन डा. यादेबी ढकालले गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको अन्तमा स्रष्टाहरु तिज गितमा झुमेका थिए ।

त्यहाँबाट पैदल कागेश्वरी मनोहरा ३ स्थित नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा परिसर पुगेका स्रष्टाहरुलाई भवानी पौडेल स्मृती प्रतिष्ठानले स्वागत गरेको थियो । जग्रेश्वर भजन मण्डलीका तर्फबाट भवानी पौडेल, साधुराम पुडासैनी तथा सरिता पुडासैनी स्वागत गित तथा तिजगित सहित स्रष्टालाइ सम्मान गरिएको कार्यक्रममा ५ जना बुबाहरुलाई सम्मान समेत गरिएको थियो ।

३ नँ का वडा अध्यक्ष राममणी पुडासैनीको प्रमुख आतिथ्यतामा सँम्पन्न दोस्रो चरणमा स्थानिय श्रष्टाहरु रबिन्द्र भण्डारी गोबिन्द कुँइकेल, दिपक पुडासैनी तथा श्रष्टा पदयात्राका शारदा पराजुली, परशुराम पराशर, नवराज रिजाल, डा.बालचन्द्र मिश्र, वासुदेव पौडेल, चिरञ्जिवी नेपाल लगायतले रचना बाचन गरेका थिए । यहाँ रचना बाचन कार्यक्रमको सँयोजन शोभा पोखरेलले गर्नु भएको थियो ।

तेस्रो चरणको कार्यक्रमका लागी वडा नँ २ कृष्णचौरमा पुगेका श्रष्टाहरुलाई मिठो बाँसुरीको धुन सँगै लाखे नाच द्धवारा स्वागत गरिएको थियो ।

स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरीले श्रष्टा प्रकाश बस्नेत गफाडीकोको अध्यक्षतामा गठन भएको उत्खनन साहित्य मन्चको उद्घाटन गरे सँगै शुरु भएको तेस्रो चरणको कार्यक्रममा आलापोट खानेपानीका पिता भनेर परिचित शिबराम बस्नेतलाई सँम्मान गरिएको थियो ।

बासुदेव ठकुरीको सँयोजनमा भएको यहाँको रचना बाचन कार्यक्रममा पदयात्राका एञ्जल निलु, हरिबोल काफ्ले, डिल्लीराज अर्याल, शोभा पोखरेल, गंगाप्रसाद भेटवाल, दुर्गा भवानी भट्ट, शम्भु गजुरेल तथा स्थानिय श्रष्टा प्रकाश बस्नेत गफाडीले रचना बाचन गरेका थिए ।

अन्तिम चरणका लागी कागेश्वरी पुस्तककालय परिसर पुगेका श्रष्टाहरुलाई पुस्तकालयका अध्यक्ष कुमार खड्का उप सचिब दिक्षा पुडासैनी तथा सदस्य बिष्णु प्रसाद फुँयाल लगायतले स्वागत गरेका थिए । पुस्तकालय परिसरमा रहेका त्रिमुर्ति साहित्यकारलाई माल्यार्णण पश्चात भएको कार्यक्रममा भवानी पौडेल स्मृती प्रतिष्ठानले पुस्तकालयलाई अक्षयकोष निर्माणका लागी १ लाख १ हजार १ सय ११ रुपयाँको चेक प्रतिष्ठानका तर्फबाट बासुदेब पौडेलले पुस्तकालयका अध्यक्ष कुमार खड्का लाई हस्तान्तरण गर्नुभयो ।

उक्त कोष मार्फत हरेक बर्ष एक जना उत्कृष्ठ साहित्यकारलाई पुरस्कृत गरिने पनि प्रतिष्ठनका अध्यक्ष बासुदेब पौडेलले जानकारी गराउनू भयो । पुस्तकालय सन्चालक समितीका सदस्य बिष्णु प्रसाद फुयालले पुस्तालय गठन देखि हाल सम्मका आरोह अबरोहका बारेमा प्रकाश पारे पश्चात पदयात्रा समाजले कागेश्वरी पुस्तकालयलाई सम्मानपत्रले सम्मान गरेको थियो ।

उक्त अबसरमा पदपात्रा समाजका तर्फबाट तारा लामा, रुवी सत्याल, जयराम बिडारी, शुभाष ढुंगेल, अप्सरा ढकाल, वासुदेव ठकुरी, डा।यादेवी ढकाल, बुद्धिसागर पौड्याल ले रचना बाचन गर्नु भएको थियो भने स्थानिय श्रष्टाहरु दिक्षा पुडासैनी, कुमार खड्का, अच्यूत प्याकुरेल, ऋषिराम अर्याल, बेदमणी घिमिरे, गोपाल बराल लगायतले रचना बाचन गर्नु भएको थियो ।

