काठमाण्डौ, १९ भदौ । गायक, गितकार, सँगितकार, निर्देशक, बरिष्ठ हाँस्य कलाकार अर्थात बहु आयामिक ब्यक्तित्व मदन कृष्ण श्रेष्टले मानिसले मानिस भएर बाँचने हो भने सामाजिक काम गर्ने पर्ने बताउनू भएको छ । नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिबसको अबसरमा बिश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस नामक पुस्तक बिमोचन गर्दै श्रेष्टले उक्त कुरा बताउनू भएको हो ।

आफुले र छोरा यमन श्रेष्टले आ आफ्नो जन्म दिनमा बिभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको बताउनू भयो । अरु सँस्थाहरुका कार्यक्रममा जाँदा के कसरी कमाउने भन्ने चिन्ता भएपनि रेडक्रसको कार्यक्रममा जाँदा भने कसरी सहयोग गर्न सकिन्छ भन्ने भाबना उत्पन्न हुने गरेको अनुभुती पनि सुनाउनू भयो ।

हरेक समस्यामा सधै अगाडी हुने रेडक्रस समस्यालाई न्यूनिकरण गर्न, तत्काल उद्धार राहतमा खटिने सँस्था रेडक्रसलाई फुटेर हैन जुटेर एक बनाउनू पर्छ भन्दै बिशेष अतिथि काठमाण्डौ महानगर पालिकाका प्रबक्ता एबँ वडा नँ १७ का अध्यक्ष नबिन मानन्धरले रेडक्रसको नम्स अनुसार कार्यसमिती बन्नू पर्नेमा जोड दिनु भयो ।
मानवीय सेवाबाट प्रप्त हुने उर्जाले छुट्टै आनन्द दिन्छ भन्दै नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सचिब रामजी पौडेलले नेपाल रेडक्रस आज आफै बिपत्तिमा रहेको र उद्धारको पर्खाईमा रहेको जानकारी गराउनू भयो ।

बिश्वमा रेडक्रसको जन्म भएदेखी नेपालमा स्थापना र हालसम्मको गतिबिधी समेटिएको पुस्तक बिश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस पुस्तकका लेखक मध्धेका एक सपूत बहादुर कार्कीले पुस्तक लेखनका क्रममा भएका आरोह अबरोहको जानकारी गराउँदै २०७६ सालमा तयार भएको पाण्डुलिपी आज पुस्तकको रुपमा बिमोचन गर्न पाउँदा खुसी लागेको बताउनू भयो ।

कार्यक्रमा अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखाका सभापति श्यामकाजी डोटेलले बिशुद्ध रेडक्रसका मात्रै कुरा भएकोले काठमाण्डौ शाखाले यो पुस्तक प्रकाशन गरेको जानकारी गराउनू भयो । नेपाल रेडक्रस सोसाइटी कमलपोखरी उपशाखा, युवा रेडक्रस सर्कल शँकरदेब क्याम्पस, जुनियर तथा युवा रेडक्रस सर्कल एलआरआइ स्कुल तथा जुनियर तथा युवा रेडक्रस सर्कल बाल उद्धार माबि कागेश्वरी मनोहरा १ प्रकासक रहेको यो पुस्तक बिक्रिबाट प्राप्त रकम रेडक्रस छात्रबृत्ति कोषमा जम्मा गरिने जानकारी पनि सभापति डोटेललले गराउनू भयो ।

रेडक्रस अभियानका अग्रजहरु, बिभिन्न जिल्लाका जिल्ला सभापतिहरु, उपशाखाका प्रतिनिधी लगायत बिशिष्ट ब्यक्तिहरु उपस्थित नेपाल रेडक्रस सोसाइटीको ६३औ स्थापना दिवस तथा पुस्तक लोकार्पण समारोहलाइ काठमाण्डौ शाखाका मन्त्री बुद्धिमान शाक्यले स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष अन्जना शाक्यले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।


