काठमाण्डौ, २५ भदौ । देशमा ब्याप्त चरम भ्रष्टाचार, ब्यथिती एबँ कुशासनको बिरोध गर्दै जेनजेड पुस्ताको नेतृत्वमा भएको आन्दोलनलाई थाइल्याण्डमा अध्यनरत बिधार्थीहरुको समुह एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (नेपाली समाज) ले ऐक्यबद्धता जनाएको छ । सँबिधानले दिएको अधिकार प्रयोग गर्दै शन्तिपुर्ण आन्दोलन गरेका प्रदर्शनकारी माथि राज्यले गरेको चरम दमन तथा हत्याको पनि नेपाली समाज थाइल्याण्डले बिरोध गरेको छ । समाज को बिज्ञप्तीमा भनिएको छ एसियन इन्सिच्यूट अफ टेक्नोलोजी नेपाली समाज आन्दोलनमा जिबन गुमाएकाहरु प््रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना अर्पण गर्दछौ । साथै आन्दोलनका क्रममा घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थलाभको कामना पनि गर्दछौ ।

आन्दोलनमा राज्यको बर्बर दमनले अन्तराष्ट्रिय जगतमा नेपालीको शिर झुकाएको भन्दै समाजका अध्यक्ष डा.चन्द्र प्रसाद भट्ट र सचिब ई निशेष शाक्य द्धवारा जारी बिज्ञप्तीमा भनिएको छ ःनेपाली समाजमा भ्रष्टाचार र निरँकुसता बिरुद्ध उठिरहेको युवा आवाजमा शान्तिपुर्ण आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै आबश्यक सहयोगको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
समाजले घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना तथा मृतकहरुको आत्माको शान्तिको कामना गर्दै थाइल्याण्डमा दिप प्रज्वलन पनि गरेका थिए ।

