काठमाण्डौ,२ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधीसभा सदस्यको निर्बाचन प्रयोजनका लागी निर्बाचन अधिकृतको कार्यालयको औपचारीक उद्घाटन भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भबनमा रहने उक्त कार्यालयको उद्घाटन बिभिन्न राजनैतिक दलका प्रतिनिधीको रोहबरमा नगर प्रमुख उपेन्द्र कार्कीले गर्नु भएको हो ।

नगर प्रमुख कार्की तथा उप प्रमुख शान्ता थापाले आजै निर्बाचन अधिकृत शान्ति न्यौपाने तथा सहायक निर्बाचन अधिकृत पुरुशोत्तम पौडेललाई निर्बाचन कार्यालयमा स्वागत गर्नु भएको थियो ।
उद्घाटनका क्रममा निर्बाचन अधिकृत न्यौपानेले निष्पक्ष निर्बाचनका लागी सबैको साथ र सहयोगको अपेक्षा गर्दै भोलिदेखी निर्बाचन सँबन्धि हरेक गतिबिधी नियमित प्रकासन गर्ने जानकारी गराउनू भयो ।

