सिरहा । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने भएको छ । कांग्रेसका सभापति गगन कुमार थापाले सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
उनले भने,’वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्।’ सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए ।
उनले भने, ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’
उनले नेपाली कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको भनाइ थियो । थापाले भने,‘हामी सपना बोकेर आएका छौं । देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौं,‘त्यसका लागि जनताको साथ आवश्यक छ ।’

