काठमाण्डौ १७ जेठ । पत्रकारिता समाजको दर्पण हो भन्ने तथ्य कहि कतै कसैबाट लुकेको छैन । तर पछिल्लो समय पत्रकारिता भ्यूज बढाउने, कसैलाई खुसी बनाृने र कसैलाई खुइल्याउने नाममा गैर जिम्मेवार बन्दै गइरहेको कुरा पनि नकार्न सकिँदैन । त्यसमाथि पछिल्लो पटक झन सरकार आफै पत्रकारिता क्षेत्रमा आर्थिक नाकाबन्दि गरेर सँचार जगतकै बिरोधी भएको आभाष दिलाउन थालेको छ ।

यसै सन्दर्भमा आज काठमाण्डौ महानगर पालिका वडा नँ १७ को सहयोगमा संम्पादक समाज नेपालले काठमाण्डौमा नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
संम्पादक समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा संबोधन गर्दै काठमाण्डौ महानगर पालिकाका प्रबक्ता नबिन मानन्धरले पत्रकारिताको हित, उत्थान र सँरक्षण्को लागी आफ्नो तथा महानगरको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यसअघि बरिष्ठ पत्रकार तोया गौतम्ले नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता बिषयमा कार्यपत्र प्रस्तुत गर्दै अहिले पत्रकारिता जटिल मोडमा आइपुगेको बताउनु भयो । एकातिर लामो समयदेखी पत्रकारले तलब नपाएको खबरहरु आइरहेका छन, अर्कोतर्फ सरकारले निजि लगानीका मिडियामा सरकारि बिज्ञापन प्रतिबन्द गरेर आर्थिक नाकाबन्दि गरिरहेकोछ ।

त्यसैगरी योग्यता, दक्षता, क्षमता र अनुभब भएका पत्रकारहरु पेशा तथा देशबाटै पलायन हुन थालेका छन । त्यसमाथी दलिय आबरणमा हुने पत्रकारिताले नागरिक प्रति बिश्वसनिय छाप छोड्न सकेको छैन, जसले नागरिकको अपेक्षालाईनै उपेक्षा गरेको छ । भन्दै कार्यपत्र प्रस्तुतिमा पत्रकार गौतम्ले अब स्थानिय सरकारले मिडियाको सुधृढीकरणको लागीपनि लगानी गर्नु पर्ने धारणा राख्नु भयो ।
संम्पादक समाजका महासचिब श्याम डोटेलले स्वागत मन्तब्य राख्दै यस प्रकारको अन्तरक्रिया यस अघि नुवाकोटको बट्टारमा आयोजना भएको जानकारी गराउँदै यो अन्तरक्रिया दोस्रो भएको र बागमती प्रदेशका १३ वटै जिल्लामा आयोजना गरिने लक्ष्य रहेको पनि जानकारी गराउनू भयो । महासचब डोटेलल यस्ता अन्तरक्रियाले पत्रकारलाई नागरिकको अपेक्षा बमोेजिम सत्य, तथ्य, बिशिष्ट र भरोशायुक्त समाचार सँकलन र सँम्प्रेषणमा प्रेरित गर्ने अपेक्षा गर्नु भयो ।

नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालले पत्रकारिता क्षेत्र सँक्रमणकालमा रहेको अहिलेको अबस्थामा यस प्रकारको अन्तरक्रियाले पत्रकारमा उर्जा थपिन्छ भन्दै समाचार सहि समयमा सहि तरिकाले पस्कनु पर्ने धारणा राख्नु भयो । अध्यक्ष अर्यालले समाचारमा सम्पादनको अभाब रहेको भन्दै भ्रामक सुचना र अपबाह नियन्त्रणका लागी चनाखो रहन पत्रकारहरुलाई आग्रह गर्नु भयो । स्वच्छ पत्रकारिताले मात्रै नागरिकको हित र उत्थान हुने भन्दै सरकार नागरिकको हो र सरकार सम्म नागरिकको आवाज पुर्याउने सन्चार क्षेत्र हो भन्दै अध्यक्ष अर्यालले मिडियालाई आर्थिक नाकाबन्दि लगाउने निर्णय फिर्तालिन सरकार सँग आग्रह गर्नु भयो ।
मिडिया भनेको लोकतन्त्रको अक्सिजन हो भन्दै गोरखापत्रका प्रधान सँम्पादक जुनारबाबु बस्नेतले पत्रकार र पत्रकारिता बचाउन सकेमात्रै नागरिकले सहि सुचना पाउने धारणा राख्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा संम्पादक समाजका सँरक्षक किरण बैध, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौका सचिब लक्ष्मी रत्न तुलाधर, मध्यान्ह दैनिकका प्रधान सँम्पादक मदन कुमार श्रेष्ट, नेपाल पत्रकार महासँघका पुर्ब अध्यक्ष महेन्द्र बिष्ट, जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त, नेपाल बार एसोसियसनका काठमाण्डौका अध्यक्ष सुबोधबाबु चिलुवाल, इन्जिनियर उमेश गुप्ता लगायत ४० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

