महांकाल मन्दिरमा भोलिदेखि श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ

Bhim Thapa Latest Update , News/समाचार , Others/अन्य , ७ वर्ष अगाडि

काठमाडौं ,१०माघ। राजधानीको गोकर्णेश्वर नगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा भोलिदेखि (शुक्रवार) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ। प्रख्यात पण्डित शिवप्रसाद सापकोटाले श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ वाचन गर्नेछन्  ।

महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना  गर्न लागिएको सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका संयाेजक चन्द्र नगरकोटीको जानकारी दिए । ।

यस्तै, मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्धार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष र यज्ञमण्डप लगायतका निर्माण कार्यगर्ने आयोजकले लक्ष्य राखेकाे छ ।

स्थानीय प्रख्यात शक्तिपीठ चामुण्डादेवी र राममन्दिरकाे बीचमा अवस्थित यस महांकाल मन्दिर
बेसीगाउँबाट करिब पाँच मिनेट पश्चिम ,आरूबारी बसपार्कबाट दक्षिण र जाेरपाटी-चामुण्डा गेटबाट उत्तर लागेपछि करिब ५/७ मिनेटमा नै सहजै पुग्न सकिन्छ ।