रुचाइदै लशताको मिठो मिठो साथ

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , Photo Bank , Photo Gallery , Videos Bank , न्युज बैंक बिषेश , ५ वर्ष अगाडि



काठमाडौं । यो भ्यालनटाईमा रिलिज भएको आफ्नो नयाँ भिडियो संगै  गायिका लशता जोशी फेरी चर्चामा आएकी छिन । 
मिठो मिठो साथ बोलको भिडियो जोशीले यो भ्यानटाईनको उपहारको रुपमा दर्शक माझ ल्याएकी थिइन । आरोहन नामक जोशीको एकल एल्बममा रहेको सो गितमा उनले आफै संगित पनि दिएकी छिन भने शब्द निराजन भण्डारीको रहेको छ । मोहीत मुनालको एरेन्जमा तयार भएको गितको भिडियो बबिता मानन्धरले निर्देशन गरेकी हुन । 
गित रिलिज संगै युटुबमा गितलाई सकारात्मक प्रतिकृया मिलिरहेको छ । नेपाली सागीतिक क्षेत्रका एकजना धरोहर द्दारिका लाल जोशीकी सुपुत्री लशता सांगीतिक क्षेत्रमै सकृय छिन । बिषेशत लाईभ गायनमा बढी ब्यस्त रहेने लशताको यस अघीका बाधा परुन जतीनै , रेशम फिरिरि जस्ता गितहरु चर्चित छन ।