टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश

Bhim Thapa Latest Update , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

एजेन्सी ।भारतको मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ ।

टिकटकमा अश्लील सामाग्री राखेको हुँदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई प्रतिबन्ध लगाउन आदेश दिएको हो । टिकटकमा अश्लील सामाग्री राखिएकै कारण इन्डोनेसिया र बंगलादेशमा भने प्रतिबन्ध लागिसकेको छ ।

टिकटक यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एप हो । केहीलाई आफ्नो अभिनय देखाउन र आफ्ना कला, संस्कृति र संगीत प्रचार गर्न गतिलो माध्यम पनि बनिरहेको छ ।

पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ । िटकटककाे प्रयाेग यति सम्म भएकाे पाइयाे कि खाना खाँदादेखि कार्यालयमा काम गर्दासमेतका बनाएको पाइन्छ ।