ओली-नेपालबीच भेटवार्ता,कुनै प्रगति नभएको नेता नेपालको प्रतिक्रिया

Bhim Thapa Latest Update , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।

काठमाडौंको मेरियट होटलमा करिव डेढ घण्टा भएको छलफलमा पार्टी बिवादका बिषयमा केन्द्रीत रहेको थियो । भेटमा दुई नेताले पार्टीको विवाद समाधानका बिभिन्न उपायकाबीचमा छलफल भएको स्रोतले जनायो । भेटपछि ओलीले कुनै प्रतिक्रिया दिनुभएन । त्यस्तै नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिदैकुराकानीमा कुनै प्रगति नभएको बताए ।

नेताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो । बिहीबारको भेटमा क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकनसमेत गरेका थिए ।