के राजनीति गर्छौ रवीन्द्र तिमी ?

Dipak Pudasaini News/समाचार , Politics/राजनीति , प्रवास , साहित्य/ पुस्तक , ३ वर्ष अगाडि



न मान्छे लुट्न जानेका छौ
न त मान्छे कुट्न जानेका छौ
न घाँटी रेट्दै तिमीले भुट्न जानेका छौ !
न त पालै पालो यता र उता
छोरी ज्वाँई बोकाउँदै जुट्न जानेका छौ
त्यति मात्र होइन रवीन्द्र,
न त दुनियाँलाई बेकुफ बनाउँदै,
पाइलट बन्न र फुट्न जानेका छौ
न त अर्बौँ हसुरेर छुट्न जानेका छौ
अझ भन्छौ, म राजनीति गर्छु भनेर !
तिमी मूर्ख हौ रवीन्द्र मूर्ख !
लुटतन्त्र लाई लोकतन्त्र भनिने देशमा
गलगाँड तन्त्रलाई गणतन्त्र भनिने देशमा
एउटा राजा फालेर हजार राजा पाल्ने देशमा
धर्म निरप्रेक्ष्यताका नाममा इसाई अँगाल्ने देशमा
के राजनीति गर्छौ रवीन्द्र तिमी ??
तिमी मूर्ख हौ रवीन्द्र मूर्ख !
के कम थियो र तिमीलाई ??
खुब जान्ने भएर देश फर्क्यौ !
हाम्रै पालामा देश बनाउँछु भन्दै,
आफू र आफ्ना स्वार्थहरूबाट तर्क्यौ
इस् नाप्यौ तिमीले !!
तिम्रै मिलनहरू बिछोड हुन खोज्ने समाजमा
अपराधका सरदारहरू रोज्ने समाजमा
तिमीले के राजनीति गर्छौ रवीन्द्र ??
देश दुनियाँ बुझ
पछि लाग टाउका काट्नेका
पछि लाग रगत सँग सत्ता साट्नेका
पछि लाग बुढानीलकण्ठमा बसेर,
पैसासँग पद बाँट्नेका !
उतार आरतीहरू
छोडिदेऊ धाउन हरिद्वार
अनि बल्ल तिमी बन्ने छौ ठुलो नेता
जोड्ने छौ मनग्यै जाय जेथा
फ्याट्टै मन्त्री पो बन्छौ कि तिमी,
कसलाई के थाहा !!

– रामप्रसाद खनाल, अमेरिका 

555Jeevan Panta Bibas, Bishwo Raj Nepal and 553 others80 Comments52 SharesLikeCommentShare

Comments

View previous comments

  • Tajindra Bhattarai Taraसहमत
    • Like
    •  · Reply
    •  · 5h
  • Mahesh PantaI like
    • Like
    •  · Reply
    •  · 4h
  • NP Marahatta100%
    • Like
    •  · Reply
    •  · 4h
  • Nirmala Baskota Dhungana
    • Like
    •  · Reply
    •  · 2h
  • Rohan Dangalहामी यहि व्यवस्थामा रहेर सत्ता चलाएर देश बनाएर देखायौ भने साथीहरू के गर्नुहुन्छ??जनमत संग्रह गरौं पछि एक मधेस एक प्रदेश एक मुसलमान एक प्रदेशएक किरात एक प्रदेशको माग उठ्यो भने साथीहरू के गर्नुहुन्छ ??
    • Like
    •  · Reply
    •  · 1h
  • Meghlal Laxmi
    • Like
    •  · Reply
    •  · 24m

Active


Write a comment…