तिज गितमा नाच्दै ‘स्यानी’ बजारमा ( भिडीयो सहित )

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , Videos Bank , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ १८ श्राबण । हाम्रो देशमा चाडपर्वलाई लक्षित गरेर विभिन्न किसिमका गीत सङ्गीतको निर्माण हुने क्रम बढेको छ । लाग्छ गित संगित श्रृजना नगरिएका नेपालमा कुनै पर्ब छैनन । हिन्दु महिलाहरूको पवित्र पर्व हरितालिका तिज आउन करिब एक महिना बाकी छ । यही पर्वलाई लक्षित गर्दै दैनिक नयाँ नयाँ गीत गित सङ्गीतहरू बजारमा आई रहेका छन । कोभिड भन्दा अगाडी ३ महिना पहिले देखी आउने तिज गित कोभिड पछी खुम्चिएर एकमहिना अगाडी मात्रै धमाधम बजारमा आउन थालेको हो ।
तिजमा माइत आउँदा आफूले घर देशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको थियो । तर पछिल्लो समय तिज गितलाई रत्यौलीले पप तथा छाडा शब्दहरुले गाँजी रहेको छ । तिजतिमा बिकृति बढ्यो भन्दै सरोकारवालाहरु चिन्तित भइरहेको बेला मौलिक तीज गीत ‘स्यानी’ बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक भएको छ ।
विक्रम परियार र अमृता श्रीपालको स्वरमा सजिएको स्यानीका शब्द शरद पाण्डेले लेखेका हुन भने प्रेम सापकोटा ‘सोनु’ ले सङ्गीत भरेका छन । आफ्नो स्यानीलाई अत्यधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रूपको बयान गीतमा गरेका छन ।
आफ्नो प्रेमीको जितको लागी हार पनि स्विकार्नु पर्ने सन्देश गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाई प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएका छन । सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गरेका हुन ।

यो लिङ्क खोलेर गितको मज्जा लिन सक्नु हुनेछ । https://www.youtube.com/watch?v=MG_XgUWpeF8