उपत्यकामा ९५१ जनामा कोरोना पुष्टि, देशभर २ हजार ५४८ मा सङ्क्रमण

NewsBankNepal News/समाचार , Others/अन्य , ४ वर्ष अगाडि

काठमाण्डौ, साउन २४ । पच्छिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ९५१ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
गएको २४ घण्टाभित्र देशभर २ हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।