कृती’ अवार्डले सम्मानित भए कार्की

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , ३ वर्ष अगाडि

काठमाण्डौ १३ असोज । नबोदित कृति अवार्ड २०७८ बाट गैर आख्यान कृती सनैया सम्मनित भएको छ । सनैयाका लेखक होम कार्कीलाई आज उक्त अवार्ड हस्तान्तरण गरिएको छ । कार्कीलाई नबोदित कृती अवार्डको साथमा नगद ५ हजार ५ सय ५५ रुपयाँ तथा सम्मान पत्रले सम्मानीत गरिएको हो ।
कोभिडका कारण कतार जाने अबस्था नभएपछी नबोदित साहित्य बाचनालय कतारले आज काठमाण्डौको बौद्द स्थित कोइच क्याफेमा आयोजना गरेको अवार्ड हस्तान्तरण कार्यक्रममा पत्रकार कार्कीलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । बाचनालयका पुर्ब अध्यक्षहरु इन्द्रमणी नेपाल, लेख कार्की, प्रेम प्रसाद भटराई तथा चक्र कार्कीले उक्त अवार्ड सँयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
२०६५ सालमा स्थापना भएको बाचनालयले कतारमा रहेर रचना गरेका वा कतारबाट फर्केपछी रचना गरेका कृतिहरु मध्धेबाट हरेक २ – २ बर्षमा यो अवार्ड प्रदान गर्ने गरेको छ । नबोदित बाचनालय कतारले हस्तान्तरण गरेको यो छैठौ अवार्ड हो । यसअघि प्रथम अवार्ड महेन्द्र राई अदृष्यको अदृष्यका प्रतिबिम्बहरु कबिता संग्रह, दोस्रो अवार्ड भानु सुनुवारको रहरका बिस्कुन गजल संग्रह, तेस्रो अवार्ड लेख कार्कीको मन्दिर गजल संग्रह, चौथो अवार्ड बिनोद खड्काको ओला नियात्रा संग्रह तथा पाँचौ अवार्ड मिनराज बसन्तको पिपिरी उपन्यासले पाएको थियो ।