मानब अधिकार आयोगका अध्यक्ष द्वारा श्रम रोजगार पत्रकारिता पुरस्कार हस्तान्तरण

Dipak Pudasaini Latest Update , News/समाचार , Others/अन्य , ४ वर्ष अगाडि

काठमाण्डौ,११ कार्तिक । राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले यस बर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार अमृता अनमोल,रमेश भारती र अनिल अधिकारीलाई प्रदान गर्नु भएको छ । हिजो काठमाण्डौमा आयोजित पुरस्कार बितरण समारोहमा माननिय मगरले पहिलो पुरस्कार ३० हजार नगद सहित सम्मानपत्र बुटवलबाट पत्रकारिता गर्दै आएकी कान्तिपुरमा कार्यरत अमृता अनमोललाई प्रदान गर्नुभयो । यसैगरी दोश्रो पुरस्कार शिलापत्र डटकममा कार्यरत पत्रकार रमेश भारतीलाई सम्मानपत्र सहित २० हजार नगद र साझा सबाल डटकममा कार्यरत पत्रकार अनिल अधिकारीलाई सम्मानपत्र सहित १० हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।


सो अबसरमा माननिय अध्यक्ष मगरले श्रमिकहित पनि मानबअधिकारको एकहिस्सा भएको बताउँदै पत्रकारले मानबअधिकारका लागी समेत निडर भै कलम चलाउनुपर्ने बताउनु भएको थियो ।
यसैगरी बैदेशिक रोजगारलाई मर्यादित एबँ ब्यबस्थित बनाउनु पर्नेमा जोड दिदै श्रम तथा रोजगार मन्त्रालयका सचिब डन्डुराज घिमिरेले सरकार स्वदेशमै श्रमसिर्जानाकालागी प्रयासरत रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा श्रम रोजगार पत्रकार समुहले श्रम रोजगारको क्षेत्रमा कृयाशिल सञ्चारकर्मीहरुलाई उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले “श्रम रोजगार पत्रकारिता पुरस्कार” को स्थापना गरेको समूहका अध्यक्ष सुनिल न्यौपालेले बताए । प्रतिस्पर्धामा २२ जना पत्रकारले लेखेका बिभिन्न ७६ वटा समाचार रिपोर्टहरु प्राप्त भएको र तिनिहरुको तीन सदस्यीय स्वतन्त्र निर्णायक समितिले अध्ययन गरी उत्कृष्ट तीनको छनौट गरेको पनि न्यौपानेले जानकारी दिएका थिए ।


श्रम रोजगारको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुको दक्षता अभिवृद्दि गर्ने, उनीहरुलाई उत्कृष्ट कार्यका लागि उत्प्रेरित गर्ने तथा गहन अध्ययन, अनुसन्धानमूलक कार्य गर्ने उद्देश्यले सन २०१९ को डिसेम्वर १८ मा श्रम रोजगार पत्रकार समूहको स्थापना भएको थियो । समुहले कोभिड १९ को महामारीका बीच श्रमिकको स्वदेश फिर्ति, न्यायमा पहुँच, न्यायोचित भर्ना प्रकृया लगायतका विषयमा जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष न्यौपानेले बताएका छन ।
श्रम रोजगार पत्रकार समुहले स्थापना गरेको पुरस्कारकालागी यसबर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले पुरस्कारका लागि साझेदारी गरेको थियो ।