नेपाल इन्जिनियरिङ कलेजमा कर्मालय ९

Dipak Pudasaini Latest Update , News/समाचार , प्रविधि , ४ वर्ष अगाडि

काठमाण्डौ १७ पुष । नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्र (CARRD) ले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै आइरहेको प्रतियोगिता हिजो सँम्पन्न गरेको छ ।
यो प्रतियोगिताको नवौँ संस्करण हो । सबै इन्जिनियरिङ विधाको विद्यार्र्थीको प्रतिनिधित्व गर्दै मङ्सिर ९ गते सुरु भएको यो प्रतियोगितामा एक महिनाको समयमा भिडियो बनाउन, प्रस्ताव लेख्न, प्रतिवेदन लेख्न प्रस्तुत गर्ने शैली लगायतको विषयमा तालिम दिएको थियो ।

कर्मालायको मुख्य दिन पौष १६ गते शुक्रवार कलेजको प्रधानाध्यापक प्रा डा. हरि कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सात टोलीले सहभागिता जनाएको थियो प्रतियोगितामा सह प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारी, विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रा.सावित्री त्रिपाठी, प्राचार्य दिपेश प्रसाद गुरागाईं, प्राचार्य नरेश प्रसाद दास, ई. सपोज घिमिरे, ई. दर्पण पुडासैनीको निर्णायक मण्डलले टोलीको प्रस्तुति, विषयगत ज्ञान, कार्यशैली लगायत विषयको मूल्याङ्कन गरी विजेता र उप विजेता घोषणा गरिएको थियो ।

अनिल तिरुवा, आशिष यादव, सरोज चौधरी, सिद्धार्थ यादव र चन्द्र प्रकाश रावलको टोलीद्वारा तयार पारिएको प्याड भेन्डिङ मेसिनले प्रथम स्थान प्राप्त गरी तक्मा प्रमाणपत्र तथा नगद प्राप्त गरेका छन ।

त्यसै गरी कृपा थापा अमरेश शाह र रोहिणी राउतको टोलीले अध्ययन गरी तयार पारेको (Visual Monitering System in Agriculture using IoT) ले दोस्रो स्थान प्राप्त गरी तक्मा, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन ।

विद्यार्थीहरूको कार्यमा सहयोग गर्नुभएको प्राचार्यहरू रुपेश दही श्रेष्ठ , अनिल यादव , दीपेश प्रसाद गुरागाईं , रमेश प्रसाद पुडासैनी, विजय श्रेष्ठ, दिनेश डंगोल, अविनाश खत्री नरेश प्रसाद दास र विश्वदीप मैनालीले विद्यार्थीहरुले सामाजिक समस्या समाधान गर्न आफूले अध्ययन गरेको विषयवस्तु प्रयोग गर्न सक्षम भएकोमा आफू खुसी रहेको बताउदै सो कार्यलाई निरन्तरता दिन विद्यार्थीहरूलाई प्रोत्साहन समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रा.डा.हरि कृष्ण श्रेष्ठले विद्यार्थीहरुले अतिरिक्त समय सदुपयोग गरी सिप अभिवृद्धि गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको आफूलाई मन परेको र आउँदा दिनमा कलेजले सदाझैँ सहयोग गर्ने बताउनुभयो ।

सोही अवसर पारेर गरिएको फोटोग्राफी प्रतियोगितामा कलेजको प्राचार्य श्याम सुन्दर कवान र ई अशोक पाठक दुवैले मूल्याङ्कन गरेर कृपा थापाले पठाएको फोटोलाई उत्कृष्ट घोषणा गरेका छन ।

कार्यक्रमलाई नेपाल इन्जिनियरिङ कलेज, राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका, नेपाल आर्र्मी र यु जी केकले सहयोग गरेका थिए ।