हेटौंडा,२७ पुस । कालिका दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ फुर्केचौरको नब निर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबं पुर्ब गृह राज्यमन्त्री मा.ईन्द्र बहादुर बानियाँले हिजो शिलान्यास गरेका छन । कृषकहरुलाई चाहिने सबैसुबिधा उपलब्ध गराउने उदेश्यका साथ बन्न लागेको भवन शिलान्यास हेटौंडा १८ का वडा अध्यक्ष अनिक कुमार बानियाँको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको हो ।
२१७ जना दुग्ध उत्पादक कृषकहरुले आफुले उत्पादन गरेको दुध उक्त सहकारी मार्फत बिक्री बिक्री गर्दै आइरहेका छन ।
६ वटा सटर तथा हल रहने उक्त भबनका निर्माणका लागी वडा नँ १८ बाट ६ लाख रुपियाँ बिनियोजन समेत भएको छ । शिलान्यास कार्यक्रममा भबन निर्माण सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट ब्यवस्था गर्ने प्रमुख अतिथि बानियाँले बचन दिएका छन । जसको अनुमानित लागत ६० लाख रहेको कालिका सहकारीका अध्यक्ष शैलेन्द्र राज बानियाँले जानकारी दिएका छन ।