‘सहित्यले समय,मान्छे र सँम्बेदना छोएको हुनुपर्छ’ – डा. लम्साल

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , २ वर्ष अगाडि

काठमाण्डौ,८ फाल्गुन । साहित्य सिर्जना गर्दा त्यसले समय, मान्छे र सँम्बेदनालाई छोएको हुनुपर्ने साहित्यकार एबँ बरिस्ठ सँचारकर्मी डा. नबराज लम्सालले बताउनु भएको छ । आज काठाण्डौमा आयोजित भीष्मराज फुलाराको उपन्यास बासुदा को लोकार्पण समारोहमा अतिथीको आसनबाट बोल्दै उहाँले भन्नुभयो ‘समाजको मार्गचित्र भाबिपुस्ता सम्मले थाहापाउनका लागी पनि सहित्य भुगोल, सँस्कृती र इतिहाँसमा टेकेर लेखिनु पर्दछ ।


सँघर्षशील युवाको जिबन कथामा आधारित भएर लेखिएको उपन्यास फरकधारको अब्बल कृति भएको बताउँदै डा.लम्सालले यस्ता कृतिले युवाबर्गलाई सँघर्षगर्न अभिप्रेरित गर्ने आशा ब्यक्त गर्नुभयो । साथै नेपाली युवाहरु देशको सिमाना नाघेर बिश्वभर जहाँ पुगेपनि छातिमा देश र कोठामा देशको झण्डा फहराई राख्न पनि प्रवासी नेपालीलाई उहाँले आग्रह गर्नुभयो ।

सुदुर पश्चिम देखी काठमाण्डौ हुँदै अमेरिकामा सफल कानून ब्यबसायी बन्दा सम्म एक युवाले भोगेको समाजको यथार्थतालाई उपन्यासको स्वरुपमा उजागर गरेको कृतिकार भीष्मराज फुलाराले बताउनु भयो । यो उहाँको चौथो कृति हो कृतिकारको यस अघि नफापेको मान्छे, टुँहुरो कुण्डली, तथा नेपाली भाषा र साहित्यको इतिहाँस ः त्यहाँ देखी यहाँ सम्म प्रकाशित भैसकेका छन भने ५औ कृति प्रकाशनको तयारीमा छ ।

पुस्तकका लेखक भीष्मराज फुलारा


कार्यक्रममा उपन्यासका पात्र बासुदेब फुलाराले आफ्नो प्रेम तथा सँघर्षको सँक्षिप्त चर्चा गर्नु भएको थियो भने पद्मकन्या क्याम्पसका उप प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बासुदा पुस्तकका बारेमा बिस्तृत चर्चा गर्नुभएको थियो ।
पुस्तक बिमोचन कार्यक्रम प्रकाशक सँस्था फुलारा लिटरेचर फाउण्डेसन नेपालको आयोजनामा सँम्पन्न भएको थियो ।