“नयाँवर्ष सेलिब्रेसन”को उपराष्ट्रपतिबाट उद्घाटन

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ २९ चैत्र । नयाँवर्षको दिन बैशाख १ गते काठमाडौंको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सब “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनबाट हुने भएको छ ।
ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालीले आयोजना गर्नलागेको सेलिब्रेसन अपरान्ह ४ बजे देखि शुरु हुने र उक्त उत्सवका लागी दिउँसो २.३० बजे देखिनै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका छन ।

पछिल्लो समय कोरोना महामारीले मानिसको मानसिक सन्तुलनलाई समेत गिजोलेको अबस्था छ जसका कारण मानसिक समस्याहरु बढ्दै गइरहेका छन । यस ‘सेलिब्रेसन’ कार्यक्रमले व्यक्तिलाई ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी भएर तनाव व्यवस्थापन गर्ने मार्गतर्फ अग्रसर हुन प्रोत्साहित बनाउने विश्वास आयोजकको छ ।
हाँस्य कलाकार मनोज गजुरेलका अतिरिक्त उत्सवमा भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथी गायक प्रह्लाद सिंह टिपानियाको विशेष प्रस्तुति रहने छ ।
ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणको सत्सङ्ग र आर्शिवाद प्राप्त गर्ने शुभ अवसर समेत मिल्नेछ । नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’ को बेजोड लाइभ प्रस्तुति रहनेछ ।
गायिका बेनिशा पौडेल, प्रदिप रोदन, लगायतको प्रस्तुती रहने कार्यक्रमबाट सहभागीले ज्ञान, ध्यान, सत्सङ्ग र साधनाको माध्यमबाट ओशोको आधुनिक मनुष्यलाई बुद्धत्व र भगवत स्थिति प्राप्त गर्ने तथा समग्र मुनष्य बन्ने नयाँ जीवन दर्शन ‘जोरबा दी बुद्ध’को जीवनशैलीको बारेमा अनुभव लिन सक्ने छन । ध्यान के हो भनेर महसुस गर्न पाउने छन ।