भाद्र दोस्रो साता लाखेनाच प्रतियोगिता हुँदै, कलाकारलाइ सम्मान गरिने

Dipak Pudasaini Education , Entertainment/मनोरञ्जन , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , २ वर्ष अगाडि

काठमाडौं,३१ साउन । आगामी भाद्र दोस्रो हप्ता लाखेनाच प्रतियोगिता आयोजना हुँदैछ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रगिरी नगरपालिका ९ मच्छेगाउँ काठमाण्डौमा प्रतियोगिता हुन लागेको हो । मन्दिरका सँस्थापक अध्यक्ष रमेश शाहीका अनुसार लाखेनाच प्रतियोगिता २०५८ यता हरेक बर्ष हुँदै आइरहेके छ ।


‘नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुह लागि पर्दै आइरकेका छन् । यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्य रुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ । आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीय स्थरमै भएपनि वार्षिक रुपमा लाखेनाच प्रतियोगिता गराउँदै आइरहेका छौ ।’ शाहीले भने ।


लाखें नाचमा देशैभरिका नेवार समुदायबाट प्रदर्शनको लागि लाखें ल्याउने गरेको र उत्कृष्ट समुहलाई सम्मान समेत गरिन्छ । देशका कुना काप्चाबाट एउटा उत्सवको रुपमा सहभागि हुन आउने र ठुलो पर्वको रुपमा मनाउदै आइएको लाखेंनाच प्रतियोगिताई नेपाल आईस बियरले प्रायोजन गरेको छ भने चन्द्रगीरी नगरपालिकाले बिशेष सहयोग गर्ने छ । सविता कञ्चन जंगा अगरबत्ति, बिबिध कन्सलटेन्सि प्रालि, ओमग्लास ट्रेडर्स, चन्द्रगीरि हिल्स प्रालिको सहयोग रहने कार्यक्रममा कलाकार, पत्रकार तथा अन्य बिबिध बिधाकाका ब्यक्तित्वहरुलाइ सम्मान गरिने आयोजकले जानकारी दिएका छन ।