‘आध्यात्मिक नारी सम्मान’ सोविता सिम्खडालाइ

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , साहित्य/ पुस्तक , २ वर्ष अगाडि

काठमाण्डौ, १२ भदौ । नायिका, लेखक तथा ओशो साधिका सोविता सिम्खडा ‘ आध्यात्मिक नारी सम्मान २०७९’ ले सम्मानित भएकी छिन ।
बिगत लामो समय देखि अभिनयकला, साहित्य लेखन तथा आध्यात्मिक क्षेत्रमा ध्यान तथा साधनाको माध्यमले कला सँस्कृती तथा अध्यात्मको क्षेत्रमा पुर्याएको योगदान स्वरुप सिम्खडालाई सम्मान गरिएको आयोजक एच के मिडिया सोलुसनले बताएको छ ।

आर्टिस्ट अफ नेपालको प्रस्तुती रहेको ‘शिबशक्ति तिज म्यूजिक अवार्ड २०७९’ कोे अबसरमा शनिबार सिम्खडालाई दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको हो ।
दर्जन भन्दा बढी चलचित्रमा नायिकाको सफल भुमिका निर्बाह गरिसकेकी सिम्खडाले दर्जनौ म्यूजिक भिडियोमा आफ्नो अभिनय पस्किसकेकी छिन भने उनको वराङगना नामक पुस्तक समेत प्रकाशितभै सकेको छ ।