प्रज्ञा भवनमा एक साथ ९ कृति बिमोचन,भट्टराईलाई परिषद् साहित्य सेवा पुरस्कार

Dipak Pudasaini News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , २ वर्ष अगाडि

काठमाण्डौ,२३ भदौ । नेपाल प्रज्ञा परिषदमा आज एकसाथ ९ कृति बिमोचन भएको छ । साहित्य परषद् भुटानको आयोजना तथा प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गँगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा बिमोचन समारोह सम्पन्न भएको हो । बिमोचित कृतिहरुमा प्रज्ञा प्रतिष्ठानले नै प्रकाशन गरेको कृति ‘पुनर्वास पछिका भुटानी नेपाली’ कबिता तथा साहित्य परिषद भुटान द्धवारा प्रकाशित ‘आमाको काख’, ‘उच्छेदन’,’उर्जा’,’केहि यक्ष प्रश्नहरु’, ‘चित्ताको आगो साँच्चै तातो हुँदो रहेछ’, ‘जो स्मृतिमा मात्र बाँचि दिएका छन’, ‘बदलिएको कर्तब्य’ तथा ‘डायस्पोरामा भाषा शिक्षण’ छन ।


साहित्य परिषद् भुटानका सचिब खेम रिजालको अध्यक्षतामा सँम्पन्न पुरस्कार बितरण तथा कृति लोकार्पण कार्यक्रममा प्रा.डा. गोबिन्द भट्टराईलाई सम्मान पत्र सहित १ लाख रुपयाँ राशीको ‘परिषद् साहित्य सेवा पुरस्कार २०२२’ ले सम्मानित गरिएको थियो । आयोजकका अनुसार भट्टराईले नेपाल बाहिरका नेपालीलाई नेपाली साहित्य पुर्याउनुका साथै नेपाली साहित्यमा नेपाली भाषी भुटानीलाई जोड्नु तथा भुटानीहरुको न्याए र स्वतन्त्रताको लडाँईमा बैचारिक र नैतिक समर्थन गरेबापत यो पुरस्कार प्रदान गरिएको हो ।


त्यसैगरी नेपाली भाषालाई भारतको सँबैधानिक मान्यता दिलाउन सँघर्ष गरे बापत सिक्किमका पुर्ब मुख्य मन्त्री स्वर्गिय नर बहादुर भण्डारीकी धर्मपत्नी एबँ सिक्किमकि साँसद दिल कुमारी भण्डारीलाई १ लाख भारतिय रुपयाँको ‘परिषद भाषा सेवा पुरस्कार २०२२’ प्रदान गरिएको थियो ।
भुटानीहरुको साहित्य अध्यन गरेर डायस्पोराकै सँम्बन्धमा बिधावारीधी गरेका डा. रामजी तिम्सिनालाई ५० हजार रुपयाँ राशीको ‘परिषद साहित्य अनुसन्धान पुरस्कार’ तथा भुटानी शरणर्थी शिबिरका हरेक सुख दुःखका साक्षी तथा भुटानी शरणार्थीको कथामा आधारीत ‘देश खोज्दै जाँदा’ नामक चलचित्रका लेखक तथा निर्देशक प्रकाश आङ्देम्बेलाई ५० हजार राशीको परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार २०२२ प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्रा. जगत प्रसाद उपाध्याय, प्राज्ञ प्रा.डा. हेमराज पौडेल, प्राज्ञ डा.देबी नेपाल लगायत बरिष्ठ साहित्यकारहरु गायक तथा कलाकारहरुको बाक्लो उपस्थिती थियो ।