नेभेम्बरमा अमेरिका भ्रमण गर्दै ‘थेत्लङ’

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , प्रवास , २ वर्ष अगाडि

काठमाण्डौ, १४ असोज । चर्चित लिम्बु साहित्यकार देउमान लिम्बु होन्दोकद्वारा लिखित उपन्यास ‘थेत्लङ’ पुस्तकमा आधारित सिक्किमबाट निर्मित लिम्बु कथानक चलचित्र ‘थेत्लङ’ अमेरिकाको बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।
निर्देशक किशोर सुब्बाका अनुसार आगामी कार्तिक १८ गते शुक्रबार अर्थात ‘२०२२ नोभेम्बर ४’मा लिफ एण्ड करि रेस्टुरेन्टको सभाहल टेक्सासबाट प्रदर्शन आरम्भ हुने लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ टेक्सास पछि क्यालिफोर्निया र ओहायुमा पनि क्रमशः प्रदर्शन गरिने निर्देशक सुब्बाले जानकारी दिएका छन ।
बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको ‘थेत्लङ’ ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्माण भएको हो भने मनि ताम्लिङ र विराज लिम्ब ु‘थेत्लङ’का निर्माता हुन् ।
नेपाल, सिक्किम, युएईका बिभिन्न शहरमा प्रदर्शन भइसकेको चलचित्रलाई अमेरिकामा प्रदर्शनको सँयोजन भने कृष्णजंग लिम्बुले गरेको निर्देशक शुब्बाले newsbanknepal.com लाइ जानकारी गराएका छन ।