पराजुलीलाई ‘अनेसास शिखर’ पुरस्कार प्रदान

Dipak Pudasaini News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , १ वर्ष अगाडि

काठमाण्डौ, २८ कार्तिक । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतारद्धवारा स्थापित अनेसास शिखर पुरस्कार जुनेलीकबिका नामले कतारमा सुपरिचित श्रष्टा बद्रि प्रसाद पराजुलीलाई प्रदान गरिएको छ । अनेसास शिखर पुरस्कार समर्पण समारोहका प्रमुख अतिथी एबँ नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान सदस्य सचिब जगत प्रसाद उपाध्यायले कबि पराजुलीकी बहिनी बिना पराजुलीलाई आज थाहा पुस्तकालय काठमाण्डौमा आयाजित बिशेष समारोहमा उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।


पुरस्कृत कबि पराजुली तथा कतारमा नेपाली साहित्य र साहित्यकारका बारेमा नबोदित साहित्य बाचनालय कतारका पुर्ब अध्यक्ष इन्द्रमणी नेपालले प्रकास पार्नु भएको कार्यक्रमको अध्यक्षता अनेशास शिखर पुरस्कार समितीका अध्यक्ष प्रेम प्रसाद भट्टराईले गर्नु भएको थियो । साहित्यीक पत्रकार सँघका अध्यक्ष, अनेसासका पुर्ब अध्यक्ष, शँकर लामिछाने प्रतिष्ठानका अध्यक्ष एबँ कबि राधेश्याम लेकालीले स्वागत गर्नुभएको पुरस्कार समर्पण कार्यक्रममा बरिष्ठ साहित्यकार हिरण्य कुमारी पाठक, साहित्य पत्रकार सँघका पुर्ब अध्यक्ष रणबहादुर श्रेष्ट, निबन्धकार सिएन श्रेष्ठ रोदन, स्व. शिखर बैधका दाई रमेश बैध लगायत बिशिष्ठ कबि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

कतारमा नेपाली साहित्यमा योगदान गरी फर्केका साहित्यकारहरु इन्द्रमणी नेपाल, प्रेम प्रसाद भट्टराई, शेखर बस्नेत तथा नेपालका कबिहरुले कबिता बाचन गरेको कार्यक्रममा गायक प्रदिप लामा तथा नबोदित गायीका कृपा भट्टराईले सुमधुर गित सुनाएका थिए भने नबराज सापकोटाले सास्त्रीय धुन सुनाएका थिए ।
३३ हजार ३ सय ३३ रुपयाँ नगद, सम्मान पत्र तथा दोसल्ला सहित हस्तान्तरण गरिएको पुरस्कार अनेसास कतारका सँस्थापक सँरक्षक स्व.शिखर बैधको नाममा स्थापना भएको हो । स्व. बैधले कतारमा नेपाली साहित्यको बिउ रोप्न तथा हुर्काउन र अनेसास कतारको स्थापना गर्न निभाउनु भएको अबिश्मरणिय योगदानको कदर गर्दै अनेसासले बैधको देहबसान पछी उहाँको स्मरणमा यो पुरस्कार स्थापना गरेको हो । यस अघि यो पुरस्कार कबि एबँ नियात्राकार बिनोद खड्कालाई प्रदान गरिएको थियो ।