नेपाल कमर्श क्याम्पसमा नेविसंघ‍का दुई समूहबीच झडप

NewsBankNepal Latest Update , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ‍)का दुई समूहबीच ढुंगा हानाहान भएकाे छ।नेविसंघका संस्थापन र इतर पक्षका दुई‍ समूहबीच झडप भएकाे प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

स्ववियु निर्वाचनकाे विषयमा चलेकाे कुरामा विवाद हुँदा दुई समूहबीच ढुङ्गा हानाहान भएकाे हाे।शेखर-गगन पक्षका विद्यार्थीले कमर्श क्याम्पसमा भेला राखेका थिए। साे भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको हाे।अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यतिबेला साे क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ।