‘खेर जाने एकपोका रगतले कसैको जिवन बच्न सक्छ’ – उप प्रमुख थापा

Dipak Pudasaini Education , Latest Update , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , स्वास्थ्य , १ वर्ष अगाडि

काठमाण्डौ, २४ फागुन ।’ निरन्तर फेरिइ रहने मनब शरिरको रगत दान नगरे पनि खेर जाने नै हो त्यसैले रक्तदान गरी जिबन बचाएर पुण्ड्य कमाउने जस्तो महामनबिय कर्म गरिरहनु आबश्यक छ ।’ उक्त कुरा आज कागेश्वरी मनोहरा नगरपालिका स्थित चरनटार आधारभुत बिधालय डाँछीमा कार्यबाहक नगर प्रमुख शान्ता थापाले बताउनु भएको हो । कमाईको कम्तिमा ५ प्रतिशत दान गर्नैपर्ने धार्मिक मान्यता समेत रहेको बताउँदै प्रमुख थापाले खेरजाने रगत समय समयमा दानगरे दातालाइ पनि स्वस्थ रहन मद्धत मिल्ने बताउनु भयो ।


१ सय १३ औ महिला दिबसको अबसरमा नयाँ पाइला समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजनमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नु भएको थियो ।


वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ट (धन)ले बिशेष अतिथीको आशनबाट सँबोधन गरेको रक्तदान कार्यक्रममा कोरोना तथा डेँगु महामारीको अबस्थामा ४ हजार प्वाइन्ट भन्दा बढी रगत सँकलन गर्ने अभियन्ता श्वेता श्रेष्टलाई बिशेष सम्मान गरिएको थियो ।


उक्त अबसरमा भर्खरै गठन भएको सँस्था नयाँ पाइला समाजकी सचिब प्रतिमा पोखरेलले आफ्नो सँस्थाले पहिलो काम नै पुण्डयको काम बाट आरम्भ गरौ भनेर रक्तदानको आयोजना गरेको बताउनु भयो ।


कार्यक्रम सँयोजक एबँ नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलले सन्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखा सदस्य लक्ष्मी कुँइकेल, बिधालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्ता अधिकारी लगायत नयाँ पाइला समाजका पदाधीकारीहरुको बिशेष उपस्थिती थियो ।