लोकगायिका देबिका केसी एनआरएन आइसिसीको महिला सँयोजकमा भिड्ने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रवास , ११ महिना अगाडि

काठमाण्डौ, २१ भाद्र । लोक गायनको क्षेत्रमा बिगत दुई दशक भन्दा बढी समय देखी आफ्नो अलग्गै पहिचान बनाउँदै आएकी गायिका देबिका केसीले महिला सँयोजकमा उम्मेद्धारी दिने घोषणा गर्नु भएको छ । गैर आवासिय नेपाली सँघ अन्तराट्रिय समन्वय समितीको आगामी असोज ३० देखी कार्तिक २ गते सम्म काठमाण्डौमा हुने ११ औ बिश्व सम्मेलनमा केसीले उम्मेद्धवारी दिने घोषणा गर्नु भएको हो ।
सन २०१३ देखी बिश्वका बिभिन्न शहरहरुमा आयोजना भएका कार्यक्रमहरुमा आफ्रनो प्रस्तुति पस्कि सकेकी गायीका केसी हाल क्यानडामा हुनुहुन्छ । बिगतमा एनआरएनए कतारमा आबद्ध केसी २०१७- १९ का लागी कतारबाट अन्तराष्ट्रिय समन्वय समितीको सदस्य रहि सक्नू भएको छ ।
न्यूजबैक नेपाल डटकम सँगको कुराकानीमा केसीले भन्नुभयो ”नेपाली महिला दिदी बहिनीको शशक्तिकरण तथा बिदेशमा देश चिनाउने लोक गित सँगित तथा लोक सँस्कृतीको सँबद्र्धन र प्रबर्धनका लागी पनि मैले आइसिसी महिला सँयोजक पदमा उम्मेद्धवारी दिने निर्णय गरेकी हुँ ।”