मत्छेगाउँमा लाखे नाच प्रदर्शनी हुँदै, ५२ समुह सहभागी हुने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , ११ महिना अगाडि

काठमाडौं २४ भाद्र । हरेक बर्ष प्रदर्शन हुँदै आएको लाखे नाच प्रदर्शनी यस पटक आगामी असोज ५ र ६ गते हुने भएको छ ।
नेपाल साँस्कृतिक कला मन्दिर मत्छेगाउँले आयोजना गर्दै आएको उक्त प्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीका लागि लाखे ल्याइन्छ । चन्द्रागिरी नगरपालिका ९, मच्छेगाउँमा आयोजना हुने प्रदर्शनीमा यस पटक ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्ष शाहीले बताए ।
कार्यक्रमका क्रममा लाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्याती प्राप्त व्यक्तिहरूलाई सम्मान गरिने बताइएको छ । २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले मौलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।