स्थापनाको २२ बर्षपछी पहिलोपल्ट एनआरएनएको नेतृत्व लिने तयारीमा मध्यपूर्ब

Dipak Pudasaini Latest Update , News/समाचार , Politics/राजनीति , प्रवास , बिचार , १० महिना अगाडि

दिपक पुडासैनी
काठमाण्डौ,२ असोज । गैर आवासिय नेपाली सँघ गठन भएको २२ बर्ष पछी मध्यपूर्बले नेतृत्व लिने सँभाबना चुलिएको छ । खाडीदेश कतारलाई कर्मथलो बनाएका एनआरएनएका बर्तमान उपाध्यक्ष राजेन्द्र कुमार शर्माले उम्मेद्धवारी घोषणा सँगै चुनाबी अभियान तिब्र बनाएपछी मध्यपुर्बको नेतृत्वको सँम्भाबना बढेको हो । यसअघि तत्कालिन उपाध्यक्ष टिबि कार्कीले २०१७ १९ कार्यकालको लागी अध्यक्ष दाबि गरेबाहेक कोही अघी बढका थिएनन । कमजोर धरातलका बिच पनि उम्मेद्धवारी दिने साहस देखाएका कार्की त्यतिबेला सफल हुन सकेका थिएनन ।
एनआरएनका परिकल्पनाकार उपेन्द्र महतोले बेलारुसमा एनसिसीको पहिलो शाखा गठन गरे लगत्तै दोस्रो शाखा कतारमा गठन भएको थियो । कतारकै डा. देबकाजी डंगोल सँस्थापक उपाध्यक्ष समेत भए । त्यसपछी कतारबाट सागर नेपाल, टिबि कार्की हुदै पछिल्लो समय नरेन्द्र भाट तथा राजेन्द्र कुमार शर्मा उपाध्यक्ष भएपनि अध्यक्षको दरिलो दाबिदारी भने शर्माले पेश गरेका छन ।
चुनाब प्रचारकै क्रममा मध्यपूर्बका बिभिन्न देशहरु, अष्ट्रेलिया तथा क्यानडाको भ्रमण सकेर हाल अमेरिका पुगेका शर्माको बिरुद्ध हाल सम्म दरिलो दाबेदारी देखीएको छैन
हालसम्म भोटबैकको रुपमा मात्रै प्रयोग गरिएको र नेतृत्वमा अगाडी जान नदिएको आरोप खेपेको एनआएनएले यस पटकबाट भने उक्त आरोपबाट मुक्त्ती पाउने भएको छ । किनकी नेतृत्व प्रति असन्तुष्ट खाडीका देशहरु कतार, बहराईन, साउदी अरेबीया, सँयुक्त अरब इमिरेट्स, ओमन लगायतका एनआरएनहरु श्र्माको पक्षमा एकमत छन । जहाँ कुल एनआरएनहरु मध्धेको ४० प्रतिशत मत सुरक्षित छ । त्यस्तै अष्ट्रेलिया, अमेरीका, क्यानडा,यूरोप तथा अफ्रीकाका देशहरुबाट पाएको साथले आफू सफल हुनेमा शर्मा ढुक्क छन ।
औपचारीक घोषण नगरे पनि बर्तमान अध्यक्ष द्धवय डा. बद्रि केसी र रबिना थापा पनि चुनाबी मैदानमा होमिने तयारीमा रहेको बुझिएको छ । तर दशौ अधिबेशनमा भएको खिचातानीले उनिहरुको शाख त्यती बलियो छैन । यति बुझेका अर्का अध्यक्ष कुल आचार्य यसपटक चुनाबी मैदानबाट बाहिरै रहने भएका छन ।
हुनत हालै होटल हिमालय कुपण्डोलबाट महेश श्रेष्टले घोषणपत्र र प्रतिबद्धतापत्र सार्बजनिक गर्दै अध्यक्षमा दाबी पेश गर्ने घोषणा गरेका छन । तर हालसम्मको परिस्थितीमा माहोल उनको पक्षमा जाने देखिँदैन । औपचारीक घोषणा नगरे पनि बिनय अधिकारी पनि अध्यक्षको दौडमा सामेल हुने मनस्थितीमा रहेको बुझिएको छ । तर अधिकारीले के गर्छन, उनि आफै पर्ख र हेर को अबस्थामा छन । एनआरएनएको एघारौ महाधिबेसन आगामी असोज ३० गते देखी कार्तिक २ गतेसम्म काठमाण्डौमा हुँदैछ ।