‘निरोगी रहनु उपचार गर्नु भन्दा ठुलो कुरा हो’ -सभासद फुँयाल

Dipak Pudasaini Latest Update , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , १० महिना अगाडि

काठमाण्डौ, २६ असोज । निरोगी रहनु उपचार गर्नु भन्दा ठुलो कुरा भएकोले नियमित योग अभ्यास गरी आफूलाई स्वस्थ राख्न सँबिधान सभा सदस्य एबँ बागमती प्रदेशका पुर्ब मन्त्री रामेश्वर फुँयालले आग्रह गर्नु भएको छ ।
पतन्जलि योग समिति नेपाल कागेश्वरी मनोहरा नगर योग समिती द्धवारा सन्चालित १ सय १० घण्टे सह योग शिक्षक प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै फुँयालले उक्त आग्रह गर्नु भएको हो । नागरिकको स्वास्थ र सचेतनामा आफु पहिल्यै देखी क्रियासल रहेको बताउँदै उहाँले आफु सँबिधान सदस्य रहेकैबेला ओख्रेनी माबि सुन्दरिजलमा योग अभ्यासकालागी छुटैहल बनाउन बजेट ब्यबस्थापन गरेको जानकारी समेत गराउनु भयो ।


आफ्ना वडाका हरेक टोलमा योगाभ्यासक लागी ६० – ७० जना सम्म अट्ने हल ब्यबस्थापनमा आफ्नो प्राथमिकता रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनीले बताउनु भएको छ । सामुदायीक भवन होस वा बिधालय जहाँ भएपनि उचित ब्यबस्थापन गरी योगाभ्यासका लागी पहल गर्ने बचनबद्धता पनि अध्यक्ष पुडासैनीले गर्नु भएको छ ।


पतन्जलि योय समिति काठमाण्डौका अध्यक्ष सुरेन्द्र रिमालको अध्यक्षतामा सँम्पन्न समारोहमा ४१ जना प्रशिक्षार्थि दिक्षित भएका थिए । नगर सँयोजक जयराम घिमिरेले सन्चालन गर्नु भएको कार्यक्रमलाई मनास्लु वल्ड स्कुलका सन्चालक दिनेश घिमिरे, पतन्जलि योग समितिका देब कृपा, बागमती महामन्त्री सुधा कोलोनी, प्रदेश सल्लाहकार अच्चूत अर्याल लगायतले सँबोधन गर्नु भएको थियो ।