काठमाण्डौ, ५ मँसिर । कतारलाई कर्मथलो बनाएका सर्जक प्रेम प्रसाद भट्टराईको पाँचौ कृति गितिकाब्य ‘अरबको’ हिजो लोकार्पण गरिएको छ । अनामनगर स्थित सामाजिक बिकास समाजको सभाहलमा प्रखरबक्ता एबँ इतिहाँसबिद प्रा.डा. सुरेन्द्र केसीले उक्त काब्यको घुम्टो खोली लोकार्पण गर्नु भएको हो ।

साझा प्रकाशनले प्रकाशित गरेको ‘अरब’ गितिकाब्य बिमोचन समारोहको आयोजना साहित्यिक पत्रकार सँघले गरेको थियो । सँघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्मपन्न बिमोचन समारोहमा सुमधुर स्वरकी धनी गायिका कृपा भट्टराईले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन ।
नायक नबल खड्का,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब धन प्रसाद सुबेदी, बरिष्ठ कबि प्रल्हाद पोखरेल, साझा प्रकाशनका प्रतिनिधी लब प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राखेको लोकार्पण समारोहमा सर्जक भट्टराईराई सम्मान गरिएको थियो ।
कबि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले समिक्षा गर्नुभएको गितिकाब्य ‘अरब’ बाट सँगितकार नरहरी प्रेमी र अनेसासकी केन्द्रिय उपाध्यक्ष डा. रेणु थापाले लयबद्ध गित गाउनु भएको थियो ।