‘विदेश जानासाथ टिप्नलाई डलर झुण्डिएर बसेको हुँदैन’ पूर्वमन्त्री फुँयाल

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ, १९ माघ । बिदेश जानासाथ टिप्नलाई डलर झुण्डिएर बसेको छैन त्यसका लागी पनि प्रबिधिक ज्ञान हुनुपर्ने बागमति प्रदेशका पुर्ब भौतिक पुर्बाधार मन्त्री तथा सँबिधान सभाका सदस्य रामेश्वर फुँयालले बताउनु भएको छ ।
नेपाल बन्धन सेक्युरिटी सिप मुलक तालिम केन्द्र आलापोटले सन्चालन गरेको सौन्दर्य कला तथा सिलाई कटाइ तालिम अनुगमनका क्रममा फुयालले उक्तकुरा बताउनू भएको हो । उक्त अबसरमा
फुँयालले कसैसँग हात थाप्नै नपर्ने बन्नका लागी पनि सिप सिकेर आय आर्जन गर्नुपर्ने बताउनू भयो । निपुर्णता बिनाको काम नगर्नु भन्दै उहाँले बैज्ञानिक, आत्मानिर्भर र प्राबिधिक शिक्षाले मात्रै आफु र समाज परिबर्तन गर्न सकिने बताउनू भयो । तालिमबाट कामको सिर्जना हुने भन्दै आफुले लिएको तालिम आफ्नै लागी पनि उपयोगी हुनुपर्ने बताउनु भएको थियो ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उप प्रमुख शान्ता थापाले पहिले सिप मुलक तालिमका लागी धेरैतिर भौतारिनु पर्ने अबस्था रहेको भएपनि अहिले गाउँ टोलमै तालिम आइपुगेकोले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । सहभागीहरुले आफुले सिकेको सिपलाइ कार्यान्वयनमा लैजानेमा आफु बिश्वस्त रहेको बताउँदै उप प्रमुख थापाले सके एक्लै नसके सामुहिक ब्यबसाय गर्न र पाएको अबसर नगुमाउन अनुरोध गर्नुभयो । बित्तिय सहयोग र अन्य समन्वयको आबश्यकता परेमा आफ्नो वडा वा नगरपालिका सँग समन्वय गर्न पनि थापाले सहभागीलाई आग्रह गर्नु भयो ।
बिधालय स्तरदेखीनै प्राबिधिक सिप सिकाउन कक्षा ९ देखी ११ सम्मका बिधार्थीको पाठ्यक्रममा प्राबिधिक शिक्षा राख्ने बिषय छलफलमा रहेको जानकारी दिदै कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनीले घरघरमा थन्किएका प्राबिधिकहरुलाई ब्यबसायमा लगाउन वडा कार्यालय तथा नगरपालिकाले प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो ।
वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ट (धन)ले ४ नँ वडाबाट प्रबिधिक सिप सिकेका करिब ३ दर्जन महिलाले अहिले राम्रो आय आर्जन गरिरहेको बताउँदै यहीँ केही गर्छु भन्नेलाई अबसर रहेको बताउनू भयो ।


प्रबिधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद (सिटीइभिटी) का चाँदनी घिमिरेले प्रबिधिक सिप सिकेर आय आर्जन गर्न सकिने बताउँदै सिटीइभिटीले तालिमको सिप परिक्षण गरी प्रमाणित गर्ने गरेको जानकारी गराउनू भयो । परिषदले ३ सय १२ प्रकारका तालिम दिने तथा सिप परिक्षण गरी प्रमाणपत्र दिदै आएको बताउँदै घिमिरेले आफुले सिकेको सिप आफै सँग रहने भन्दै बन्धन सेक्युरिटी जस्ता निःशुल्क तालिम उपलब्ध गराउने सँस्थालाई स्थानिय सरकारको पनि साथ र सहयोगको आबश्यकता औल्याउनू भयो ।


उक्त अबसरमा बन्धन सेक्युरिटी सिप मुलक तालिमका सन्चालक बिष्णुमान श्रेष्टले नगरपालिकाले सहजिकरण गरेमा नगरका ९ वटै वडाबाट निःशुल्क यातायात मार्फत नगरवासीलाई तालिम केन्द्रमा ल्याई निःशुल्क तालिम दिन सकिने जानकारी गराउनु भयो ।
तालिम केन्द्रमा हाल २६ जनाले सौन्दर्यकला (ब्यूटिसियन) तथा १४ जनाले सिलाई कटाइ तालिम लिइ रहेका छन ।