प्राकृतिक चिकित्साको धरोहर ‘स्पर्क हेल्थहोम’ले मनायो ३२औ बार्षिक उत्सब

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , ५ महिना अगाडि

काठमाडौं, १३ फागनु । बिगत ३१ बर्षदेखी अबिचलित रुपमा सन्चालनमा रहेको स्पार्क हेल्थहोम अस्पतालले स्थापनाको ३२ औ बार्षिक उत्सब मनाएको छ । कालिमाटीको एउटा कोठाकाट योग तथा प्राकृतिक चिकित्सा केन्द्रको नामबाट योगाचार्य डा. टिएन पौडेल (आचार्यश्री ओशो पथिक) ले आरम्भ गर्नु भएको स्पार्क हेल्थहोमले अहिले २५ शैयाको अँतरँग सेवासहित दैनिक सयौलाई बहिरँग सेवा उपलब्ध गराउँदै आएको छ ।


३२औ स्थापना दिबसको अबसरमा अस्पतालले सामाजिक उत्तरदायीत्व अन्तरगत हाडजोर्नी तथा नशा सँबन्धि रोगको निशुल्क परिक्षण गरेको थियो भने अस्पताल परिशरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ५ दर्जन भन्दा बढीको परिक्षण र २३ जनाले रक्तदान गरेको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख डाक्टर एबँ नशा तथा हाडजोर्नी दुखाई बिशेषज्ञ डा सुनिल पौडेलले पहिले प्राकृतिक चिकित्सा पद्धतीलाई उपेक्षा गर्ने गरिएको भएपनि अहिले जनबिश्वास बढेके र अहिले एलोपेथी डाक्टरहरुलेनै बिरामीलाई उपचार गर्न प्राकृतिक चिकित्सा पद्धती तर्फ रिफर गर्न थालेको जानकारी दिनुभयो ।


स्पार्क हेल्थहोमले हाल ढाड दुख्ने, नशा च्यापिने, गर्दन र शरीरका अंग दुख्ने, प्यारालाइसिस, लगायत ज्वरो नआउने र नसर्ने जिर्ण रोगहरुको उपचार प्राकृतिक पद्धतिबाट गरिरहेको छ । स्थापना दिवसको अबसरमा अस्पतालले उत्कृष्ट कर्मचारी सन्तोष थापालई नगद र सम्मानपत्र सहित सम्मान समेत गरेको थियो ।