लोक देउडा गीत ‘साइनो मिटाइ गई’ लिएर आए फुलारा (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रवास , २ हप्ता अगाडि

काठमाडौं, २५ वैशाख । युवा लेखक एवं गीतकार भीष्मराज फुलाराले नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई.’ सार्वजनिक गरेका छन । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको थियो ।।
‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो । रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनय तर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा छन् । त्यसैगरी छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।
नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, ‘यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलाराले भने ।
लेखक फुलाराले यसअघि आमामा समर्पित गीत ‘जूनसरी बिलाइ गयौँ…’, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो…’, ‘म मरे भने यो शहरको डेरामा…’, एकल महिलाको पिडामा समर्पित ‘आँशु पिउँदै…’, ‘भाग्य भित्र जीवन…’ फिल्मी गीतहरुः ‘कर्कलाको पानी…’, ‘पुरा भयो सपना मेरो…’, ‘आहा भो आहा भो…’, देउडा ठाडी भाका ‘न रयो घडेरी…’ जस्ता गीतहरु दर्शक श्रोताहरु माझ सार्वजनिक भइसकेका छन् । त्यसैगरी साहित्यिक क्षेत्रमा उहाँले ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘ओरपान हरस्कोप’ (अंग्रेजी संस्करण उपन्यास), ‘वासुदा’ (उपन्यास) र ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ आदि कृतिहरु पाठकमाझ पस्किसकेका छन् ।