नागरिक पत्रकारिता सँम्बन्धि कार्यशाला सँम्पन्न

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , ३ हप्ता अगाडि

काठमाण्डौँ, ३० कार्तिक । प्रवासी नागरिक पत्रकारिता सँम्बन्धि कार्यशाला सँम्पन्न भएको छ । ‘प्रवासमा तिमि एक्लो छैनौ, शशक्तिकरणका लागी प्रवासिको आवाज’ भन्ने नारा सहित काठमाण्डौमा बिहिबार शुरुभई शुक्रबार सँम्पन्न भएको कार्यशाला पौरखी नेपालले लुथ्रन बल्ड फेडेरेशनको सहयोगमा आयोजना गरेको थियो ।
बैदेशिक रोजगारीबाट फर्किएका करिब २ दर्जन रिटर्नीहरुको सहभागिता रहेको कार्यशालाले बैदेशिक रोजगारीमा रहेका र नेपालमा रहेर बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागी आबश्यक प्रक्रिया र कानूनका बारेमा नागरिक पत्रकारिताका माध्यमबाट सुसुचित गराउने उदेश्य रहेको थियो ।


कार्यशालामा अधिबक्त सुदिप देबकोटाले बैदेशिक रोजगारीमा हुने ठगि, अबैधानिक मानब ओसार पसार, बैदेशिक रोजगारका क्रममा अँगभँग वा मृत्यू भएमा पाउने बिमा तथा क्षतिपुर्ती, मुद्धाको हदम्याद लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
आफुले प्रवामा रहँदा भोगेको, देखेको, जानको बिषयमा अब जान चाहने श्रमिकहरुलाई नागरिक पत्रकारिताका माध्यमबाट कसरी जानकारी गराउन सकिन्छ भन्ने बिषयमा श्रम मामिलाका जानकार, देश परदेश डटकमका सँम्पादक एबँ पत्रकार सुनिल न्यौपानेले प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । पत्रकार न्यौपानेले नागरिक पत्रकारिता मार्फत अब बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अप्ठेरो नपरोस भनेर आफुले भोगेका अनुभब सहित बिचार पुर्याउनु पर्ने हरेक पक्षमा आवाज उठाउन आग्रह गर्नु भएको थियो ।
बिदेशमा श्रमगरी फर्कीएका महिलाहरुले स्थापना गरेको सँस्था पौरखी नेपालका अध्यक्ष सत्र कुमारी गुरुङको अध्यक्षतामा सँम्पन्न कार्यशाला श्रम तथा सामाजिक रोजगार मन्त्रालयका सह सचिब जिबलाल भुषालको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको थियो ।