काठमाडौँ, ११ मँसिर । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई यस बर्षको अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । प्रवासी नेपालीको भाषा, साहित्य, कला तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कार्कीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारले आज काठमाण्डौमा आयोजित एक समारोहका बिच उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।
अनेसास कतारका सँस्थापक अध्यक्ष समेत रहेका शिखर वैद्यको स्मृतीमा स्थापित उक्त पुरस्कार स्व. वैद्यको जन्मजयन्ती (२६ नोभेम्बर) को अबसर पारी हस्तान्तरण गरीएको अनेसास शिखर पुरस्कार समितीका सँयोजक प्रेम प्रसाद भट्टराईले बताउनु भयो ।
संयोजक प्रेमप्रसाद भट्टराईकै अध्यक्षतामा काठमाडौंमा आयोजित समारोहमा पत्रकार कार्कीलाई वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अनेसासका पूर्वअध्यक्षहरु मोहन सिटौला, राधेश्याम लेकाली र रमेशानन्द वैद्यले ताम्रपत्र र नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथ दोसल्ला ओढाइ सम्मान साथ प्रदान गर्नु भएको थियो ।
अनेसास कतारका अध्यक्ष लेख कार्कीले प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको बताउनु भयो । २०७७ सालमा स्थापित पुरस्कार यस अघि साहित्यकारहरु बिनोद खड्का, बद्रि प्रसाद पराजुली र गिरी श्रीस मगरले पाइसक्नु भएको छ ।
कतारमा श्रमगरी फर्कीएका पत्रकार, साहित्यकार तथा नेपालमा साहित्यको क्षेत्रमा कलम चलाइ रहेका साहित्यकार उपस्थित पुरस्कार बितरण समारोहलाई अनेसासका पुर्ब अध्यक्षहरु राधेश्याम लेकाली, मोहन सिटौला निबर्तमान उपाध्यक्ष रेनुका सोलु तथा प्रमुख अतिथी एबँ बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सँबोधन गर्नु भएको थियो ।