सतिप्रथमा आधारित मार्मिक गित ‘काली बग्यो सलिसलि’ सार्बजनिक (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ४ हप्ता अगाडि

काठमाडौ, ४ माघ । सति प्रथामा आधारित मार्मिक गित कालिबग्यो सलिसलि म्यजिक भिडियो सहित सार्बजनिक भएको छ । मोफलमा रहेर गीतसंगीतमा सक्रिय रुपमा अघि बढिरहेका गायक लक्ष्य बिश्व र शान्तिश्री परियारको स्वरमा ‘काली बग्यो सलिसलि’ मार्मिक एबँ मर्मश्पर्शी गीतको भिडियो लक्ष्यबिश्व युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । अत्याधिक रुचाइएको यो गीतमा गायक बिश्वलाई बिन्दु बिक, सुनिता बिक, रबिन सुनार, अनिल सुनारले स्वरमा साथ दिएका छन् ।
परिकल्पना तथा शब्द, संगीत रञ्जित सुनार, संगीत सञ्योजन मदन केसी, अडियो भिडियो लक्ष्य बिश्व अधिकारीको रहेको छ । आशिष बिश्वकर्मा, स्मारिका ढकालको मुख्य भूमिका रहेको भिडियोमा छायांकन देव दोर्जे लामा, श्रृंगार तुलसा लिम्बु, सम्पादन एवं कलरिङ नविन घर्ती मगर, कथा निर्देशन जेरी भण्डारीको रहेको छ ।

भिडियो :-