समयमै महाधिवेशन नभए कांग्रेस कमजोर बन्छ: शेखर कोइराला

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , १ हप्ता अगाडि


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न नभए पार्टी कमजोर हुने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले समयमै अधिवेशन हुनुपर्छ भनेर आफूहरूले आवाज नउठाए कसैले उठाउन नसक्ने बताए। साथै, सामाजिक सञ्जालमार्फत महाधिवेशनको माग गर्न आफ्ना निकट नेता-कार्यकर्तालाई निर्देशन दिए।

कोइरालाले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै नेपाली कांग्रेस एक ढिक्का भए मात्र देशको विकास सम्भव हुने बताए। साथै, सभापति शेरबहादुर देउवासँग आफूबीच कुनै तिक्तता नरहेको स्पष्ट पारे।