पहिरोले तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगायो

arjun @ News Paper/पत्रपत्रिका बाट , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,९ साउन । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

‘पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको छ’, सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीले भने, ‘ लार्चाको पुल पूरा ध्वस्त भइसकेको छ, अझै वर्षा र पहिरो रोकिएको छैन ।’वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको उनले बताए । जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ ।कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ ।भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ । साभार कान्तिपुर दैनिक