संचालनमा आयो “फुयाँल सुटिङ स्टुडियो”(फोटो फिचर)

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

भक्तपुर, । ऐतिहासिक पर्यटकीय नगर भक्तपुरमा सुटिङ स्टुडियो खुलेको छ ।फुयाँल सुटिङ स्टुडियो नाम रहेको सो स्टुडियोको नायक निखिल उप्रेतीले एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरेका छन् ।
युवा निर्देशक बीबी फुयाँलले संचालनमा ल्याएको स्टुडियो मध्यपुर थिमीको राधे राधे नजिकै बोडेमा रहेको छ।

नेपाली चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मले छायांकन स्थलको अभाव महसुस गरिरहेको पृष्ठभूमिलाई ध्यान दिँदै स्टुडियो खोलीएको बीबी बताउछन ।

स्टुडियोमा बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा उपलब्ध छ ।

कार्यक्रमका प्रमुख अतिथि निखिल उप्रेतीले राजधानीको नजिकै सुविधासम्मपन्न स्टुडियो निर्माण भए पछि चलचित्र, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म सबै गर्न सजिलो हुने भन्दै शुभकामना दिएका थिए ।स्टुडियो शुभारम्भको अवसरमा पुगेका कलाकार/ निर्देशक सुरेश चौधरी , लक्ष्मण नेपाल लगायतले पनि फुयाँल सुटिङ स्टुडियोको सफलताको लागी शुभकामना दिएका थिए ।

bp phuyal04 05 07 08

Photo By Suresh Chaudhary .