राष्ट्रिय फोटोपत्रकार समुह ( NFPJ) ले भदौमा पाल्पामा फोटोग्राफी तालिम गराउने

arjun News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) पाल्पाको आयोजनामा जिल्लामै पहिलो पटक फोटोग्राफी तालिम संचालन हुने भएको छ ।

NFPJ 1

समूहको आज बसेको दोस्रो बैठकले समूहका सदस्यहरु, जिल्लाका क्रियाशिल फोटो पत्रकारहरु र अन्य फोटोग्राफीमा रुची राख्ने व्यक्तिलाई समेत तालिम दिने निर्णय गरेको हो ।
बैठकले भाद्र महिनामा तालिम संचालन गर्ने र तालिमका लागि फोटो राष्ट्रिय फोटो पत्रकार समूह केन्द्र र पत्रकार महासंघ पाल्पासँग पनि आवश्यक समन्वय गर्ने निर्णय गरिएको अध्यक्ष कृष्ण दर्नालले बताए ।
फोटोग्राफी तालिमका लागि समूहका कोषाध्यक्ष अमृत अधिकारी संयोजक रहेको तालिम संयोजन समिति बनाएको छ । समितिले फोटो ग्राफी तालिमका लागि जिल्लाका विभिन्न संघ संस्था, स्थानीय तह आदिसँंग समन्वय गर्ने समूहको बैठकले निर्णय गरेको छ ।
समूहको बैठकले तालिमको लागि आवश्यक सबै व्यवस्थापन लगायतका विषयमा पदाधिकारी बैठक बसी थप निर्णय लिइने सचिव किष्ण पोखरेलले जानकारी दिए । उनले समूहका सबै सदस्यहरुले साउन मसान्तभित्र सदस्यता शुल्क बुझाउने र छिट्टै नै जिल्ला अधिवेशन गर्ने समेत निर्णय भएको बताए ।
यस अघीपनी राष्ट्रिय फोटोपत्रकार समुह (NFPJ) ले अधिराज्यका बिभिन्न स्थानमा फोटोग्राफीको तालिम गराउदै आएको छ ।