न्युज बैक नेपाल ,काठमाडौ । नेपाल कै सबै भन्दा कान्छा पत्रकार सुजन आचार्य यति बेला मिडिया मा राम्रै छबि बनाएका छन्। उनले गरेको कामले गर्दा यतिबेला उनको चर्चा भैरहेको छ। सानै उमेर बाट पत्रकारिता गरेका उनले नेपालकै सबै भन्दा कान्छा पत्रकार को नाम ले नै चिनिन्छन।
अागामि बैशाख मा नेपाल सरकारका प्रधानमन्त्री देखि उच्च अाेहदामा रहेका ब्यक्तित्वसँग ९० घण्टा अन्तरवार्ता लीएर बिश्व रेकर्डमा नाम लेखाउने याेजनामा कडा परिश्रम गरिरहेका छन । साेमबार काठमाडौमा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन ।
उनले ११ बर्षको उमेरमा नै प्रधानमन्त्री सुशील कोइराला को अन्तरबार्ता लिएका थिए र ११ बर्षको उमेरबाट नै नेपालकै चर्चित आब्च टेलिभिजन बाट प्रसारण हुने नेपाल दर्शन र मिसन न्यूज जस्ता कार्यक्रम संचालन गरेका थिए । सार्बजनिक बिदाका दिन बिना पास हिडेका गाडीहरु समाउने उक्त कार्यक्रम को उदेश्य थियो । जस अनुरूप उनले नेपालका गृहमन्त्रि , शिक्षा मन्त्रि जस्ता देश र जनतालाई कानुन सिकाउने व्यक्तिको गाडी नै प्रहरीको हिरासतमा पुराएका थिए र उक्त कुराले नेपालका मन्त्रीहरुको आचार संहिता माथि प्रश्न समेत उठेको थियो ।
त्यसै कारणले विभिन्न किसिमका झमेलामा मुछिन पुगेका थिए विभिन्न निकायका सरकारी कर्मचारी हरु । कानुनको उल्लङ्घन गरेपछि पत्रकार सुजन आचार्य लागि परेका हुन । विभिन्न जोखिमपूर्ण तरिकाले सरकारी कर्मचारी माथि जाइलागेका आचार्य यतिबेला विश्व रेकर्ड मा नाम लेखाउन आफु निरन्तर मेहनत र अध्यन गरिरहेका जानकारी गराए । सुजनले भने “म अब सबै भन्दा लामो टेलिभिजन कार्यक्रम चलाएर विश्व रेकर्ड मा नाम लेखाउने प्रयास गरिरहेको छु। एउटा नयाँ बिषय को साथ म त्यो कार्यक्रम गर्न जाँदैछु, सबै ले साथ दिनु हुन्छ भने आशा गरेको छु” भन्दै आचार्यले ९० घण्टाकाे अन्तरवार्ता २०७४ सालको बैशाख महिना बाट गर्ने बताएका छन ।
सुजन सँग केही चर्चित टेलिभिजन तथा अन्य विभिन्न सञ्चार माध्यममा काम गरेको राम्रो अनुभव पनि रहेको छ । उनी विभिन्न पुरस्कार बाट पनि सम्मानित भएका छन ।