प्रचण्ड फेरि गर्छु भनेकाे लडाईं कस्ताे हाे?

Bhim Thapa Latest Update , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फेरि लड्ने बेला आएको बताएका छन् ।

बिहीबार पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब अब जनताको घर दैलो गर्ने बताए ।

उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने बेला भएको बताए। दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामीले जित्नै पर्छ। जित्छौँ।’

उनले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गर्दै त्यसलाई सच्याउने बताए ।आफ्नो खुट्टामा उभिनकै लागि भएपनि लड्नुपर्ने बेला आएको भन्दै उनले देशव्यापी अभियान चलाउन लागेको बताए । ओली प्रवृत्तिविरुद्ध शान्तिपूर्ण युद्ध लड्नुपर्ने बेला आएको उनले बताए ।