माओवादीले केही दिनमा बोल्ड निर्णय गर्ने

Bhim Thapa Latest Update , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केही दिनमा बोल्ड निर्णय गर्ने जनाएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केही दिन भित्र माओवादी केन्द्र नयाँ निर्णय गर्ने जनाएको हो । बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र जसपाले केही दिनमा निर्णय गर्ने र त्यसैका आधारमा भावी रणनीति बनाउने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले परिस्थितिले अझै ठोस आकार नलिएको हुनाले अझै एकदुई दिन कुर्दै स्थायी कमिटीको बैठकले बोल्ड निर्णय गर्ने जानकारी दिए ।

उनले नेकपा माओवादी केन्द्रको सांगठनिक संरचना बलियो बनाउन देशभर कार्यकता परिचालन गर्ने बताउदै उनले सरकारलाई औपचारिक पत्र लेखेर समर्थन फिर्ता लिएको जानकारी दिनमात्रै बाँकी रहेको बताए ।प्रवक्ता श्रेष्ठले ठोस निर्णय लिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेको जानकारी दिए ।